सुचना, समाचार र मनोरन्जन

बोर्डको सदस्यमा छायाँकार विरेन्द्र भट्ट नियुक्त

काठमाडौँ :

चलचित्र विकास बोर्डको सदस्यमा छायाँकार विरेन्द्र भट्ट नियुक्त भएका छन्। बिहिबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयले भट्टलाई बोर्ड सदस्यमा नियुक्त गरेको हो।

उनले बिहिवार नै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको हातबाट नियुक्ति पत्र लिइ सकेका छन्। नियुक्तिको पत्र बुझेपछि भट्टले बोर्डमा रहेर नेपाली चलचित्र क्षेत्रको प्रवर्धन, नीति निर्माण र डिजिटल माध्यममार्फत विश्वव्यापी प्रचारप्रसारको कार्य गर्न लागी पर्ने बताए।

भट्ट लामो समयदेखि फिल्म क्षेत्रमा प्राविधिकका रुपमा सक्रिय छन्। डोटी जिल्लामा जन्मिएका भट्टले ठुलो पर्दाका चलचित्र धुन,आरोप,चिहान लगाएत आधा दर्जन भन्दा बढीको छायांकन गरेका छन्। यसअघि बोर्ड सदस्यमा निर्माता, निर्देशक तथा कलाकार सन्तोषबाबु लोहनी नियुक्त भएका छन् । बोर्डमा अझै एक सदस्य पद रिक्त छ ।

Leave A Reply

Your email address will not be published.