सुचना, समाचार र मनोरन्जन

चार वटा ठूला जलविद्युत् आयोजना बनाउन स्रोत जुटाउदै प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले चार वटा ठूला जलविद्युत् आयोजनामा लगानी जुटाउन उर्जा ऋणपत्र जारी गर्ने प्रक्रिया अघि बढाउने भएको छ ।

अस्ति बिहीवारको मन्त्रिपरिषद् बैठकले जलविद्युत् आयोजना निर्माणका लागि स्रोत व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ बराबरको उर्जा ऋणपत्र चरणवद्ध रूपमा निष्कासन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेसँगै नेपाल विद्युत प्राधिकरणले प्रक्रिया अघि बढाउने भएको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले अब प्रक्रिया तत्कालै अघि बढ्ने जानकारी दिनुभयो । उहाँकाअनुसार बन्ड जारी गरेरै झन्डै ११ सय मेगावाट क्षमताको अपर अरुण जलविद्युत् आयोजना बनाइँदैछ । अर्को एकसय मेगावाटको तामाकोशी–५ मा पनि बन्ड जारी गरेरै लगानी जुटाइँदैछ ।

यस्तै दुई सय १० मेगावाटको चैनपुर सेती जलविद्युत् अयोजना र ४२ मेगावाटको मोदी जलविद्युत् आयोजना निर्माणका लागि ऊर्जा ऋणपत्र जारी गरेर लगानी जुटाउन लागिएको सिलवालले जानकारी दिनुभयो ।

कार्यकारी निर्देशक सिलवालकाअनुसार अब उर्जा ऋणपत्र विद्युत प्राधिकरणले आवश्यकताका आधारमा गर्नेछ । अहिले दातृ निकायहरुलाई समावेश गर्ने योजना नरहेको र बैङ्कहरुबाट प्रश्ताव माग गर्ने उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.