सुचना, समाचार र मनोरन्जन

आफ्नै जीवन र कल्पनाको समिश्रण सविनको ‘बिहानीको किरण’

काठमाडौं :

गायक सविन श्रेष्ठले ‘बिहानीको किरण’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन्। हालै सार्वजनिक गरेको यस गीतको भिडियोमा उनकै शब्द र संगीत रहेको छ।

गीतले प्रेम र एकअर्काबीचको साथको कुरा गर्छ। धोकाधडीमा रुमलिएको युवायुवतीको प्रेममा विश्वास र भरोसाको अपेक्षाको कुरा गर्छ। गीतमा निश्चल र स्वच्छ प्रेमको बयान छ।

गीतमा सविनप्रतिको आशा र उनको संगीत यात्राको उत्सव पनि हो । प्रेम र साथको सुन्दर भावनालाई समेटेर तयार पारिएको गीतले श्रोतालाई सविनको कथा पनि भन्छ।

सविनले गीतको भिडियो पनि तयार पारेको भिडियोमा जीवन भट्टराई र लक्ष्मी बर्देवाले अभिनय गरेका छन्। भिडियोको निर्देशन पनि जीवन र लक्ष्मीले नै गरेका छन्। बुद्ध थापाले खिचेको भिडियो विष्णु खड्काले सम्पादन गरेका छन्। गीत निर्माणमा दिमेश श्रेष्ठलगायतको लगानी छ।

गायक राईले भने,‘संगीतले मलाई नयाँ जीवन दिएको छ । यो गीत मेरो जीवनको त्यही यात्रा हो, जसले मलाई जिन्दगीलाई फेरि प्रेमिल बनाएको छ। केही आफ्नै भोगाइ र केही कल्पनाको समीक्षण गीतमा समेटेको छु ।’

यसअघि, सविनले ‘माया’ बोलको गीत सार्वजनिक गरेका थिए। जुन गीत स्रोता र दर्शकले मन पराएका थिए ।

सविनलाई सवारी दुर्घटनाले संगीतको बाटो हिँड्न प्रेरित गरेको हो । २०७९ साल माघ २० गते बिहान सविन एक गम्भीर दुर्घटनामा परे। उनी होसमा आउँदा अस्पतालको शैयामा थिए। शरीरभरि असह्य पीडा, आँखा खोल्दा आफन्तहरूको आँसुले भिजेको अनुहार। त्यो दिनबाट सविनको जीवनको पहिलो अध्याय समाप्त भयो। दोस्रो अध्याय सुरु भयो। त्यो दोस्रो अध्याय संगीतको बाटो हो।

Leave A Reply

Your email address will not be published.