
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- एनपीएलः कर्णालीलाई हराएर सुदूरपश्चिम दोस्रो स्थानमा
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ३९ करोड रुपैयाँ जम्मा
- हुम्लामा सुत्केरीको हेलिकप्टरबाट उद्धार
- प्रहरीमा कार्यकारी हस्तक्षेप: सुशासनको दाबीमा स्वेच्छाचारिताको प्रहार
- आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले पेस गरेको रिट निवेदन दर्ता
- विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री
- पोखराबाट सुरु भयो सातै प्रदेश जोड्ने स्टार्टअप अभियान, युवालाई स्वदेशमै उद्यम गर्न प्रेरित
- राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता
- आज सुनचाँदीको मूल्यमा गिरावट
- नेपालमा ‘रामायण’ को आक्रामक सुरुआत, पहिलो दिनकै कमाइ २ करोड बढी
विश्वकप लिग २ः ओमानमाथि नेपालको जित
काठमाडौँ,
आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले ओमानमाथि जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले ओमानमाथि ८१ रनको जित हासिल गरेको हो ।
जितका लागि २५७ रनको लक्ष्य पछ्याएको ओमान ३९।५ ओभरमा १७५ रनमै ‘अलआउट’ भयो । ओमानका कप्तान जतिन्दर लागि १२ रन बनाएर सुरुआत गरेका थिए । त्यस्तै, हस्नैन उल वहाबले २९ रन जोडे । मध्यक्रममा हम्माद मिर्जाले ३४ रन बनाउँदै सङ्घर्ष गरे भने विनायक शुक्लाले ३६ रन जोड्दै टोलीलाई सम्हाल्ने प्रयास गरे । तर अन्य ब्याट्सम्यानहरू निरन्तर आउट हुँदा ठूलो साझेदारी बन्न सकेन ।
आर्यन बिष्टले ६ रन, जितेन रमणान्दीले ३ रन तथा वसीम अलीले १० रन मात्र बनाउन सके । अन्त्यतिर हस्नैन शाहले १४ रन र नदीम खानले १२ रन बनाए ।

नेपालका लागि गुल्सन झाले पाँच विकेट लिए । त्यस्तै सन्दीप लामिछाने, करण केसी, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान एक–एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९।५ ओभरमा सबै विकेट गुमाउँदै २५६ रन बनाएको थियो ।
इनिङ्सको सुरुआतमै विनोद भण्डारी शून्यमै आउट भएपछि नेपाल दबाबमा परेको थियो । तर त्यसपछि आसिफ शेख र अर्जुन कुमालले दोस्रो विकेटका लागि महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई सम्हाले ।
आसिफ शेख उत्कृष्ट ब्याटिङ गर्दै ९४ रन बनाए । उनले सात चौका र पाँच छक्का प्रहार गरे । त्यस्तै अर्जुन कुमालले ४८ रनको योगदान दिए भने मध्यक्रममा दीपेन्द्र सिंह ऐरीले ३३ रन जोडे ।
अन्तिमतिर आरिफ शेखले आक्रामक ब्याटिङ गर्दै २४ बलमा ४३ रन बनाएपछि नेपालले सम्मानजनक स्कोर पुर्यायो । ओमानका लागि नदीम खानले तीन विकेट लिए भने शकिल अहमद र हस्नैन शाहले समान दुई–दुई विकेट लिए ।