सुचना, समाचार र मनोरन्जन

 सरकारले महिलाका लागि ‘ब्लु बस’ सञ्चालन गर्ने

काठमाडौँ,

सरकारले महिलाहरूको सुरक्षाका लागि भन्दै ‘ब्लु बस’ सञ्चालन गर्ने योजना अघि सारेको छ ।

Pach Pandav

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको १०० कार्यसूचीमा यो योजना पनि समावेश छ ।

‘महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क ब्लु बस सेवा सञ्चालन गर्ने,’ सरकारको कार्यसूचीमा उल्लेख छ, ‘पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याउने ।’

त्यस्तै सार्वजनिक यातायातमा हुने लैंगिक हिंसा रोकथाम गनए सबै सवारी साधनमा सीसी क्यामेरा जडान गर्ने, राइड सेयरिङ एपहरूमा एसओएस बटन अनिवार्य गरी आकस्मिक तथा खतराको सूचना प्रहरीसम्म तत्काल पुग्ने व्यवस्था मिलाउने कार्य ३० दिनभित्र सम्पन्न गर्ने योजना पनि सरकारले अघि सारेको छ ।

Leave A Reply

Your email address will not be published.