सुचना, समाचार र मनोरन्जन

दर्शकलाई ‘हैट’थेँगोले इडिटेड भइसक्यो होला : बुद्धि तामाङ

काठमाडौं :

हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’बाट चर्चा कमाएका अभिनेता बुद्धि तामाङलाई दर्शकले ‘हैट’ थेँगोका कारण चिन्ने गरेका छन्। करिव १० वर्षदेखि हैट थेँगोले दर्शकलाई मनोरञ्जन दिदै आएका उनलाई अब भने दिग्दार लागेको छ।फिल्म ‘कबड्डी’मा बोलेको ‘हैट’ थेगोले उनलाई कलाकारितामा स्थापित गरेपछि अब भने उनी थेँगो फेर्ने बिचारमा छन्।

उनी भन्छन्, ‘मलाई पनि महसुस हुन्छ कि विगत १० वर्षदेखि त्यही ‘हैट’ भन्दै बसिरहेको छु । अब त ‘इडिटेड’ भइन्छ होला, यसैले फरक चरित्र पाए हुन्थ्यो भन्ने लाग्छ ।’

उनले आफुले सोचे अनुसारको क्यारेक्टर नपाउँदा यो थेँगो हटाउन सकेका छैनन्।

Gandarbha

उनले थपे,‘ आफूले सोचेको जस्तो क्यारेक्टर पाउन त गाह्रो छ । किनकि, कलाकारलाई विश्वास गर्ने वातावरण खासै छैन । फरक चरित्र गर्नलाई ठूलै भाग्य बोकेर आउनुपर्छ । म छोटो मान्छे भएकाले होला, भाग्य पनि छोटै रहेछ ।’

उनका लागि यो ‘हैट’ थेँगो बोल्नुपर्ने बाध्यता छ। फिल्ममेकरले उनलाई यहि थेँगो बोल्न लगाउने गरेका छन्। त्यस कारण उनी फिल्ममा निर्देशकले भने बमोजिम पाएको थेँगोलाई उनी रिजेक्ट नगर्ने बताउँछन्।

पत्रकारसँगको कुराकानीमा उनी भन्छन्,‘क्यारेक्टर एउटै खालको भयो भनेर काम गर्न पन्छिएको पनि छैन।’

उनले अगाडि थपे,‘यो भयंकर राम्रो हुन्छ वा यो त राम्रो चल्दैन होला भन्ने हिसाबले म फिल्म छान्दिनँ । मेरो लागि सबै फिल्म समान हो ।’

नाटकमा अभिनय गर्दै फिल्ममा प्रवेश गरेका अभिनेता तामाङ अभिनित फिल्म ‘ईश्वर’ आगामी साउन ११ गते प्रदर्शन हुँदैछ। यस फिल्मको मुखय भुमिकामा रहेका उनले फिल्मलाई आफुले सक्दो न्याय गरेको समेत बताउँछन्।

Leave A Reply

Your email address will not be published.