सुचना, समाचार र मनोरन्जन
Sarangi

सुरक्षा अभिनित फिल्म ‘बुलाकी’को ट्रेलर सार्वजनिक,उत्साहित निर्माण टिम

काठमाडौं :

कर्णाली प्रदेशको कथा बोकेको फिल्म ‘बुलाकी’को काठमाडौंमा ट्रेलर सार्वजनिक भएको छ। यहि साउन ३२ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मलाई निर्माण टिमले प्रचारप्रसारका लागि ‘बुलाकी’ को ट्रेलर सार्वजनिक गरेको हो।

छत्रेश्वरी म्यानेजमेन्ट प्रालीले निर्माण गरेको यो फिल्म गतवर्ष प्रदर्शनमा आएको थियो। एकैसाथ झण्डै आधा दर्जन फिल्म प्रदर्शनमा आउदा यो फिल्म चेपुवामा परेको थियो। फिल्मले दर्शकलाई कथा भन्ने अवसर नपाएको यो फिल्मले पुन रिलिज गर्न लागेको हो। त्यतिबेला निर्माण टिमले हलमा लागेको दोस्रो दिनमा नै हलबाट उतारेका थिए।

सोमबार फिल्मको सार्वजनिक ट्रेलर कार्यक्रममा फिल्ममा केहि सिन परिमार्जन गर्दै पुन रिलिज गर्न लागिएको निर्माण पक्षले जानकारी दियो। कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा विद्धमान जारीप्रथाको यथार्थ सामाजिक परिवेशलाई जोडिएको छ। ट्रेलरले फिल्मलाई नारीप्रधान बुझाउँछ ।
राजबहादुर सानेको कथा र लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा अभिनेत्री सुरक्षा पन्त, अभिनेताद्वय नरेन खड्का र विराज विष्टसँगै नव कलाकार सरस्वती खत्री प्रमुख अभिनयमा छन्। ट्रेलर हेरोसकेपछि कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवम् नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले ‘कर्णालीमा मूल गहना मानिने बुलाकीलाई आधार मानेर तयार गरिएको फिल्मले स्थानीय सभ्यता र संस्कृतिलाई उजागर गरेको प्रतिक्रिया दिए ।

बुलाकी कर्णाली र देशकै गहना रहेको भन्दै खड्काले यसको छुट्टै सांस्कृतिक महत्व रहेको बताए । ’यो फिल्मले संस्कृती, संस्कार रितिरिवाज बोकेको पाएँ, कर्णाली नेपाली कलासंस्कृतिसँगै नेपाली भाषाकै जननी स्थल हो,यो प्रकारको कथा उथान गरेको फिल्मलाई सबैले साथ र सहयोग गरेर सफल बनाउन आग्रह गर्दछु’, खड्काले भने । कलाकारहरूको भुमिका प्रशंसनीय भन्दै अभिनेत्री सुरक्षा पन्तको तारिफ गरे।

समाजका विभिन्न विधामा परिचीत अनुहार मात्र खोज्ने प्रवृत्ति बढेको भन्दै खड्काले नयाँ कलाकार हुने फिल्म पनि राम्रो हुनसक्ने भन्दै स्टार र स्टारडमको मात्र पछि नलाग्न कटाक्ष गरे। अभिनेत्री पन्तले लड्ने मान्छे उठेर हिड्दा मात्र सफलता सम्भव हुने भन्दै ’बुलाकी’को यो दोस्रो इनिङ सफल हुने अपेक्षा राखिन्।

शिव ढकालको छायांकन रहेको फिल्ममा लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाइ लगायतका कलाकारको अभिनय छ । यो फिल्मलाई काठमाडौंमा रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले वितरणको जिम्मा लिएको छ ।

Leave A Reply

Your email address will not be published.