सुचना, समाचार र मनोरन्जन

गत चालु आर्थिक वर्षमा साढे दुई अर्बको सिमेन्ट भारत निर्यात

काठमाडौँ,

चालु आर्थिक वर्ष २०८१÷८२ को १० महिनामा साढे दुई अर्बको सिमेन्ट निर्यात भएको छ । बुधबार भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त मूल्य बराबरको सिमेन्ट निर्यात भएको हो ।

विभागका अनुसार २०८२ वैशाख मसान्तसम्म २ अर्ब ४१ करोड ८८ लाख ७५ हजार रुपैयाँको ७७२१०४ मेट्रिक टन सिमेन्ट तथा सिमेन्ट क्लिङ्कर भारतमा निर्यात भएको छ ।

यसमध्ये ६४ करोड ९२ लाख १९ हजार रुपैयाँको ४ लाख ८१ हजार ९२५ मेट्रिक टन सिमेन्ट क्लिङ्कर र १ अर्ब ७६ करोड ९६ लाख ५६ हजार रुपैयाँको सिमेन्ट निर्यात भएको छ ।

Leave A Reply

Your email address will not be published.