
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- जलविद्युत् र चिसो हावापानी उपयोग गरेर नेपालमा एआई डाटा सेन्टर बनाउन सकिने
- पोखरामा मौलिक देउसीभैलो उत्सव आयोजना हुँदै, उत्कृष्ट टोलीलाई २५ हजार
- लक्ष्मीपूजाको दिन बिजुलीको अधिकतम माग झण्डै १ हजार ७०० मेगावाट रहने अनुमान
- पशुपन्छीसँगको आत्मीयता हाम्रा चाडपर्वहरूको सुन्दर पाटो हो: प्रधानमन्त्री शाह
- आज कार्तिक कृष्ण त्रयोदशी, आयुर्वेदका प्रवर्तक धन्वन्तरि जयन्ती
- धार्मिक यात्राको पुण्य सामाजिक सेवामा जोड्दै योगेश गुरुङ्ग
- निरुता र उत्तमको अभिनय रहेको ‘सारथी’को गीत सार्वजनिक
- फ्राइडे रिलिजमा ‘पाँच पाण्डव’
- ‘सिन्दुरे जात्रा’को फर्स्ट लुकमा रोहिरहेका विजय र अञ्जना
- स्रष्टा र सर्जकलाई मिलाप सम्मान, खेमनाथ दाहाललाई टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार
चैते धान समर्थन मूल्यमा विकेनः किसान निराश
सरकारले चालु वर्षका लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको भए पनि यहाँका किसानले तोकिएको मूल्यमा धान बिक्री गर्न नपाएको गुनासो गरेका छन् ।
सरकारको सक्रिय खरिद प्रक्रिया नहुँदा किसान दलाल र स्थानीय व्यापारीको भर पर्न बाध्य भएका छन् ।
सरकारले यस वर्षका लागि चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल रु दुई हजार ८०० तोकेको छ । झापाका किसानले रु एक हजार ५०० प्रतिक्विन्टल मूल्य पाउन पनि मुस्किल परेको छ । उक्त मूल्यमा बिक्री गर्दा हाम्रो लागत नै नउठ्ने बाह्रदशीका स्थानीय किसान मनकुमार सङ्ग्रौला बताउनुहुन्छ । सरकारले हामीले उत्पादन गरेको धान किनिदिने हो भने हामीलाई ठूलो राहत मिल्ने उनको भनाइ छ ।

खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मुख्य शाखा कार्यालय विर्तामोडका प्रमुख राजबहादुर राईका अनुसार कम्पनीसँग धान सुकाउन आवश्यक मेसिनको अभाव भएकाले यस वर्ष चैते धान खरिद गर्न सकिने अवस्था छैन । तर, आगामी वर्षदेखि चैते धान खरिद गर्न सकिने व्यवस्था मिलाउने तयारी भइरहेको उनले बताए ।
अर्जुनधारा नगरपालिका वडा नं ४ का किसान भीष्मप्रसाद हुमागाईंले सरकारले मूल्य तोके पनि त्यसअनुसार खरिद प्रक्रिया अगाडि नबढाएको गुनासो गरे । “सरकारको उदासीनताका कारण व्यापारीले सस्तो मूल्यमा धान किनेर मनपरी नाफा लिइरहेका छन्”, उनले भने, “अर्को वर्षदेखि चैते धानको विकल्प खोज्नुपर्ने अवस्था आएको छ ।”
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीका अनुसार गत वर्ष झापामा २० हजार हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएको थियो । प्रतिहेक्टर पाँच दशमलव ८१ मेट्रिकटनका दरले एक लाख १६ हजार २०० मेट्रिकटन चैते धान उत्पादन भएको उनले जानकारी दिए।
Next Post