सुचना, समाचार र मनोरन्जन

सस्पेन्स–थ्रिलर जनराको फिल्म ‘चपली हाइट ३’ सिनेमाघर एपमा रिलिज

काठमाडौँ :

कोरोना सङ्क्रमणको जोखिमको समयमा हलमा रिलिज भएको नेपाली फिल्म ‘चपली हाइट ३’ ओटीटी प्लेटफर्म रिलिज भएको छ। मंगलबारबाट निर्माण टिमले ‘सिनेमाघर एप’मार्फत रिलिज गरेको हुन्।

२०७८ पुष ३० गते हलमा रिलिज भएको र तीन दिनमा नै कोभिड–१९ को महामारीले हलहरू बन्द भएपछि यो फिल्म दोस्रो पटक फागुन २०७८ मा रिलिज भएको थियो। सो समयमा पनि दर्शकले कोभिड खोप कार्ड अनिवार्य लिएर हल जानुपर्ने भएपछि पुनः समस्या आएको थियो। सो समयमा निकै चर्चामा रहेको यो फिल्म अब भने सिनेमाघर एप मार्फत सजिलै हेर्न सकिने छ।

निकेश खड्का निर्देशित यस फिल्ममा सुपुस्पा भट्ट,स्वस्तिमा खड्का, अर्पण थापा, महेश त्रिपाठी, लक्ष्मी वर्देवा, आमिर गौतम, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला लगायतको अभिनय छ। सस्पेन्स–थ्रिलर जनरामा बनेको फिल्मका निर्माता अर्जुन कुमार हुन्। यो फिल्म चर्चित फिल्म सिरिज ‘चपली हाइट’को तेस्रो शृङ्खला हो।

यसअघि सिनेमाघर एपमा ‘जय भोले’,‘कबड्डी ४’,‘महापुरुष’, ‘जारी’, ‘पानी फोटो’ लगायत फिल्म रिलिज भइसकेका छन्। सिनेमाघर एप सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध रहेका छन्। एपमा उपलब्ध फिल्महरु नेपालका प्रायः डिजिटल वालेट र विदेशबाट गुगल पे, पेपल, डेबिट–क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिन्छ साथै, गुगल प्लेबाट सिधा पेमेन्ट गर्न सकिन्छ। निर्माण पक्षका अनुसार ‘चपली हाइट ३’ हेर्न रु. २०० रकम तिर्नुपर्ने हुन्छ । यस एपमा व्यवस्था रहेको सिनेक्वाइन प्रयोग गरेर निःशुल्क रूपमा समेत फिल्म हेर्न सकिन्छ।

Leave A Reply

Your email address will not be published.