सुचना, समाचार र मनोरन्जन

शिक्षकहरूका मागका विषयमा छलफल सुरु

काठमाडौँ/

अर्थ मन्त्रालयमा शिक्षा, गृह र अर्थमन्त्रीबिच छलफलमा सुरु भएको छ। शिक्षकहरूले उठान गरेका मागहरूका विषयमा तीन मन्त्रीबिच छलफल भएको हो ।

शिक्षकहरूले शिक्षा मन्त्रालय र मन्त्रिपरिषद्ले तत्काल गर्नुपर्ने काम समेत अघि नबढाएको भन्दै आपत्ति जनाउँदै आएका छन् । उनीहरुले थप सङ्घर्षका कार्यक्रम घोषणा गरिरहेका छन् ।

शिक्षामन्त्री विद्या भट्टराईलाई बुझाएको २४ बुँदे ध्यानाकर्षण पत्रमा आफ्ना मागहरू अहिलेसम्म किन सम्बोधन हुन नसकेको हो भन्दै उनीहरुले प्रश्न गरेका थिए।

Leave A Reply

Your email address will not be published.