सुचना, समाचार र मनोरन्जन

सलिना बस्नेत र आर्यन पौडेल फिचर्ड डकुड्राको भव्य प्रिमियर

काठमाडौं :

सलोन सलिना फिल्सस्को प्रस्तुतीमा निर्माण भएको डकुड्रामा ‘हामी छौं (सिजन १)’ को प्रिमियर काठमाडौंको न्यूरोडस्थित रन्जना हलमा बिहीबार गरिएको छ। पत्रकार सम्मेलन गर्दै डकुड्रा प्रिमियर गरिएको हो। सलिना बस्नेत र आर्यन पौडेल फिचर्ड डकुड्रामा भदौ २ गतेबाट ओएसआर डिजिटल र विभिन्न ओटीटी टेलिभिजन प्लेटफर्मबाट प्रसारण हुँदैछ।

केही समयअघि डकुड्रामा रहेको गीत ‘यो नजिकको कुरा’ सार्वजनिक भइसकेको छ । जसमा प्रताप दास र रचना रिमालको स्वर, आनन्द अधिकारीको शब्द र शम्भुजित बासकोटाको संगीत छ। डकुड्रामाको प्रस्तुतकर्ता शोभित बस्नेत हुन् । डकुड्रामा ७ एपिसोडको हुनेछ। सलिना र आर्यनको प्रमुख भूमिकामा अभिनय रहेको डकुड्रामामा उमा कार्की, सुमिन गुरुङ, सुसान्त कुमार श्रेष्ठ, युना खड्का, समीर खान ,जय बिनोद काफ्ले, सुनिल भन्डारी, शिब राज नेपाल, स्वरुप जङ्ग रायमाझीलगायतको अभिनय छ।

Pach Pandav

डकुड्रामाका प्रस्तुतकर्ता शोभित बस्नेतले देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ डकुड्रामा बनाइएको बताए। यो डकुड्रामामार्फत सात प्रदेशबाट ७ जना अशक्त, आर्थिक रूपमा कमजोर व्यक्तिलाई छनोट गरिएको थियो।

डकुड्रामामा रामजी राउतको निर्देशन छ । यसमा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, आनन्द अधिकारीको गीत, शम्भुजित बासकोटाको संगीत, सुशील देवकोटाको लेखन, बन्दे प्रसादको सम्पादन, मदन न्यौपानेको श्रृंगार, केवलमान सिंह बस्नेतको प्रोडक्सन छ।

Leave A Reply

Your email address will not be published.