सुचना, समाचार र मनोरन्जन

‘नाङ्गो गाउँ’ले उत्साहित रुपमा व्यापार गरेपछि दया भन्छन्,‘कबड्डी ४’ र ‘जारी’को रेकर्ड ब्रेकको लोभ त छैन’

काठमाडौं :

शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘नाङ्गो गाउँ’ले उत्साहित रुपमा व्यापार गरेपछि निर्माण टिम दंग परेको छ। फिल्मले पहिलो दिन ६० र शनिबार ८५ प्रतिशतसम्म अकुपेन्सी कायम गर्न सफलभएपछि निर्माण टिम उत्साहित बनेको हो।

निर्माण टिमले यसैको खुशीयालीमा शनिबार बेलुका हात्तिसार स्थित नेपाल हाउसमा पत्रकारमाझ खुशी साटेको थियो।फिल्मले राम्रो व्यापार गरेपछि फिल्मका मुख्य अभिनेता अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर दंग परेका हुन्।

Pach Pandav

पत्रकार भेटघाटमा अभिनेता राईले आफूलाई बक्स अफिसको दबाब नरहने बताएका छन्। उनले पत्रकारमाझ भने,‘मेरो निर्माताले निरन्तर काम गर्ने वातावरण बनोस् । ‘नाङ्गो गाउँ’को लगानी सुरक्षित भैसक्यो भन्नुभएको छ । मेरो खुसी त्यही हो ।’

यस अघि दया र मिरुना अभिनित फिल्म ‘कबड्डी ४’ र ‘जारी’ले राम्रो व्यापार गरेको थियो। उनका अनुसार यि दुर्यको रेकर्ड ब्रेक अहिलको फिल्मले तोडोस भन्ने नरहेको तर कसरी राम्रो काम गर्ने भन्नेमा आफु रहेको बताए।

‘रेकर्ड ब्रेक’को लोभ त छैन । बरु कसरी राम्रो काम गर्ने भन्ने चाहिँ लोभ हुन्छ । व्यावसायिक हिसाबमा लाग्न थालियो भने त एउटा कलाकारलाई कठिन हुन्छ । त्यसरी सोचिनु हुन्न भन्ने लाग्छ ,’उनले भने।

राजनीतिक विषयवस्तुमा निर्माण भएको फिल्ममा दया र मिरुनाका अलवा शिशिर वाङ्देल, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, वुद्दि तामाङ, रविन्द्र झा लगायतको अभिनय रहेको छ। समिक्षाको हिसाबले ठिकै मानिएको यो फिल्मलाई दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको छ। फिल्मलाई हिमाल कडरियाले निर्माण गरेको हुन्।

Leave A Reply

Your email address will not be published.