काठमाडौं :
यहि असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परदेशी २’ले प्रचारप्रसारलाई तिब्रता दिएको छ। निर्माण टिमले प्रचार शैलीलाई फरकपन दिदै प्रचारप्रसारमा दौडिएको हो। यो फिल्मले नयाँ शैली अपनाउदै फिल्मको कथा अनुसार वैदेशिक रोजगारी र विदेशमा पढ्न जानेको कथालाई पेश नाटकमा प्रस्तुत गर्दैछन्।

यस फिल्मको टिमले नाटक तयार पारेर काठमाडौंका कलेजहरुमा मञ्चन गरिरहेका छन्। यसरी प्रचार गरेको नेपाली फिल्ममो सम्भवत पहिलो हो। यस भन्दा अघि कलेजमा जाने र गीतमार्फत नाच्ने गाउने र फिल्म प्रदर्शनको जानकारी दिने गरिन्थ्यो। तर, यो टिमले अलिक फरक शैली अपनाएको छ।
लोकगायक तथा संगीतकार नारायण रायमाझी निर्देशित फिल्ममा नीर शाह, रमा थपलिया, प्रकाश सपूत, केकी अधिकारी, प्रशान्त तामाङ्ग, वर्षा सिवाकोटी, देवेन्द्र बब्लु, दीलिप रायमाझी, सुशील पोखरेल लगायतको अभिनय छ । यहि फिल्मबाट गायक सपूतले अभिनेताको रुपमा डेब्यू गरेका छन्।
अघिल्लो वर्ष नै रिलिज गर्ने भनिएको यो फिल्म विभिन्न कारण देखाउदै सर्दै आएको थियो। यस फिल्ममा राजेश बंशल र नारायण रायमाझीले संयुक्त रुपमा लगानी रहेको छ। फिल्मलाई लोक गायक रमेश बिजीले लेखेका हुन्।