सुचना, समाचार र मनोरन्जन

दिपक मनाङ्गेले लगानी गरेको फिल्म ‘हात्तीछाप’को फस्टलुकमा सौगातको चर्चा

काठमाडौं :

मल्टीस्टारर फिल्म ‘हात्तीछाप’को फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ। निर्माण टिमले पोस्टरसँगै आगामी माघ २६ गतेलाई प्रदर्शन मिति तोकेको हो। फस्टलुकमा अभिनेता सौगात मल्ल मात्र प्रस्तुत गरिएको छ। उनलाई ‘बोतल राजा’को रुपमा चित्रित गरिएको छ ।

जसको अहिले फिल्मबजारमा चर्चा हुन थालेको छ। उनको लुक्स र गेटअप हेर्दा आफूलाई ‘राजा’ ठान्ने रिसाहा पात्रको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ ।

किरण नेपालीको प्रस्तुति रहेको फिल्ममा सौगातका साथै दयाहाङ राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्दि तामाङ, बिजय बराल, कमलमणी नेपाल, राजन खतिवडा, विल्सन विक्रम राई, विनोद न्यौपाने, पुस्कर गुरुङ, प्रकाश घिमिरे, कविता आले, रविन्द्र झा, रियर राई, सुष्मा निरौला, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरीलगायतको पनि अभिनय रहेको छ ।

सिमोस सुनुवारको निर्देशनमा बनेको फिल्मलाई काठमाडौं र पोखरामा खिचिएको हो। निर्माण पक्षका अनुसार फिल्मले सामाजिक कथालाई कमेडी शैलीमा प्रस्तुत गर्ने छ । प्रदीप भारद्वाजको लेखन, सुशन प्रजापतिको छायांकन, आर्टमाण्डूको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन रहेको फिल्मलाई अमलादेवी नेपाली र दिपक मनाङ्गेले लगानी गरेका छन्। फिल्मको कार्यकारी निर्माता सरोज नेपाली हुन् भने आरआर फिल्मस्को वितरण गर्नेछन् ।

Leave A Reply

Your email address will not be published.