सुचना, समाचार र मनोरन्जन
IVF New Banner

दयाहाङलाई ‘कार्साङ’पछि रिलिज हुने फिल्मको चिन्ता,६ महिनापछि लगालग फिल्म प्रदर्शन

काठमाडौं :

अभिनेता दयाहाङ राईको ६ महिनाको अन्तरालमा फिल्म प्रदर्शनमा आउने तयारीमा छन्। यहि पौष २६ गते रिलिज हुने फिल्म ‘कार्साङ’ ६ महिनाको अन्तरालमा प्रदर्शनमा आउन लागेको फिल्म हो। गत असार २८ गते फिल्म ‘घरज्वाइँ’पछि उनका फिल्मले प्रदर्शनमा ग्याप राखे।

Safal

गत बैशाख, जेठ र असारमा उनका ३ वटा फिल्म ‘मनसरा’, ‘गाउँ आएको बाटो’ र ‘घरज्वाइँ’ प्रदर्शन आएपछि उनको पछिल्लो फिल्म ‘कार्साङ’को तयारी छ्। अभिनेता दयाहाङ राईले अहिले प्रदर्शनमा आउन लागेको फिल्ममा निकै अपेक्षा राखेका छन्। त्यसपछि प्रदर्शनमा आउनले फिल्म के होला भन्ने चिन्ता रहेको उनको भनाई छ।

IVF Post

आगामी फागुन र चैतमा उनका चार फिल्म प्रदर्शनको तयारीमा छन् । दुईवटा फिल्म त एक दिनको अन्तरमा समेत रिलिज हुँदैछन्। यसले गर्दा पनि अभिनेता राईलाई चिन्ताको विषय बनेको हो। आगामी फागुन २ गते दयाहाङको मुख्य भूमिका रहेको फिल्म ‘दुःखी आत्मा’ प्रदर्शनमा आउँदै भने २९ गते ‘अञ्जिला’ प्रदर्शन हुँदैछ। । अञ्जिला प्रदर्शनको भोलिपल्ट अर्थात् चैत १ गते भने उनको अर्को फिल्म ‘पूजा, सर ; राजागञ्ज’ प्रदर्शनमा आउन भएको छ। हालै निर्माताले चैत १ गतेलाई प्रदर्शन मिति तोकिदिएपछि उनलाई संकट आइपरेको हो।

गत वर्ष सबैभन्दा धेरै फिल्म रिलिज हुने अभिनेताको कीर्तिमानी दयाहाङ राईले नै बनाएका थिए। किनभने उनको फिल्म मात्रै ९ वटा प्रदर्शनमा आएका थिए। यस वर्ष पनि उस्तै हुने देखिन्छ। दया अभिनित फिल्म ‘पिताम्बर’ नयाँ वर्ष २०८१ को छेको पारेर आगामी चैत २९ गतेबाट प्रदर्शन हुँदैछ । उनको वर्ष मात्रै ८ वटा फिल्म हलमा लाग्ने छ। पुषदेखि चैतसम्म उनका ५ वटा फिल्म प्रदर्शनमा आएपछि एक दर्जन भन्दा बढि फिल्म दयाको यसै वर्ष प्रदर्शनमा आउने भएका हुन्।

अघिल्लो वर्ष ९ वटामा आधा फिल्म हिट र आधा फ्लप भएको थियो। यस वर्षको लेखाजोखा भने गर्ने बाँकी छ। अभिनेता राईले फिल्म ‘कार्साङ’को पत्रकार सम्मेलनमा केहि दिन अघि मध्यमबानेश्वरको एक क्याफेमा लगालग फिल्म प्रदर्शनमा नआएको भए हुन्थ्यो भन्ने आशय व्यक्त गरेका थिए। उनको अर्को वर्ष पनि निकै फिल्म प्रदर्शनमा आउने तयारीमा रहेका छन्। हालै उनले गोरखा पुगेर फिल्म ‘रिमै’को छायांकन सकाएका छन्। केहि फिल्ममा उनको व्यस्तता बढि रहेको छ। यतिबेला उनले लगानी गरेको नाटक ‘हरि हजुरबा’मण्डला नाटकघरमा मञ्चन भइरहेको छ। उनी आफै निर्माता रहेको यो नाटकमा दर्शकको भिड उस्तै छ। उनले भने नाटकमा अभिनय गर्न पाएका छैनन्।

Leave A Reply

Your email address will not be published.