सुचना, समाचार र मनोरन्जन

दयाको कार्साङले ६ दिनमा एक करोड ४५ लाख उठाउदा निर्माण टिम हर्षित

काठमाडौं :

गत शुक्रबार हलमा लागेको दयाहाङ राई अभिनित फिल्म ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ। यो फिल्मले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको हो।

sfal

फिल्मको कमाईले निर्माण पक्ष उत्साहित देखिएका छन्। सामाजिक सञ्जालमार्फत निर्माण टिमले दर्शकलाई धन्यवाद दिएका छन्। यो फिल्ममा सुरुका दिनमा केही कम दर्शक देखिए पनि विस्तारै यो सिनेमामा दर्शकको संख्या बढ्दै गएको वितरक कम्पनी आरआर फिल्मसले जनाएको छ। माघ १ गतेबाट हलमा दर्शकको चाप बढ्दै जाँदा आकर्षक ग्रसकलेक्सन हुँदै आएको छ।

बुधबार पनि फिल्मले राम्रो कलेक्सन गरेको वितरकको भनाइ छ। यम शेर्पाले निर्देशन गरेको यो फिल्ममा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन्।

Leave A Reply

Your email address will not be published.