सुचना, समाचार र मनोरन्जन
IVF New Banner

‘नाङ्गो गाउँ’राजनितिक कथामा बनेको फिल्म हो : दयाहाङ राई

काठमाडौं :

राजनितिक कथावस्तुमा पछिल्लो समय धमाधम फिल्म निर्माण भइरहेका छन्। अघिल्लो शुक्रबारबाट रिलिज भएको फिल्म ‘ऐँचो पैँचोँ’राजनितिक कथावस्तुमा रिलिज भएको थियो।

Safal
IVF Post

यहि सेरोफेरोमा अर्को फिल्म ‘नाङ्गो गाउँ’ प्रदर्शनको तयारीमा रहेको छ। समसामयिक राजनीतिक विषयवस्तुमा केन्द्रित रहेको निर्माण भएको यस फिल्ममा अभिनेता दयाहाङ राई अभिनेत्री मिरुना मगरको मुख्य भुमिका रहेको छ।यस फिल्ममा अभिनेता राईले अहिलेको समाजको राजनीतिक चेतना नै फिल्मको मुख्य विषय रहेको बताएका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पछिल्लो समयमा मान्छेहरुको सोच कस्तो के छ भन्ने कुरालाई फिल्मले दर्शाउने बताए।

‘अहिलेको राजनीतिक अवस्थाभित्र हामी कहाँ छौँ, कसरी ग्रसित छौँ, के सोच्छौँ । हाम्रो नेतृत्वको दिमाग कस्तो छ, उनीहरूको सोच कस्तो हुन्छ त्यही विषयमा यो सिनेमा हो,’उनले भने,‘एउटा गाउँमार्फत अहिलेको अवस्था देखाएका छौँ । जनताको आक्रोश, अपेक्षा र हामीले भोगिरहेको समाजको एक अंश हो ।’

दीपेन्द्रको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई,मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर बाङ्देल, बुद्धि तामाङ, रवीन्द्रसिंह झालगायत कलाकारको मुख्य भूमिका रहेको छ । ‘नाङ्गो गाउँ’ यही भदौ २९ गते रिलिज हुँदैछ।

Leave A Reply

Your email address will not be published.