सुचना, समाचार र मनोरन्जन

जिप दुर्घटनामा १० जनाको निधन भएपछि तिनाउ गाउँपालिकामा आज शोक बिदा

पाल्पा :

पाल्पामा मंगलबार भएको जिप दुर्घटनामा १० जनाको निधन भएपछि उनीहरुको शोकमा तिनाउ गाउँपालिकाले बिदा दिएको छ । गाउँपालिकाले शोक मनाउने निर्णय गर्दै पालिकाका सम्पूर्ण शिक्षण संस्था तथा स्थानीय तह मातहतका कार्यालयहरुमा बिदा दिएको हो ।

मंगलबार गाउँपालिकाको वडनम्बर ६ मा जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो । त्यसमध्ये ५ जना पालिकाभित्रैका रहेका छन्। पाँच जनाका परिवारलाई गाउँपालिकाले जनही ३५ हजार सहयोग गर्नेसमेत घोषणा गरेको छ । उक्त घटनामा आठ जनाको घटनास्थल मृत्यु भएको थियो भने दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । अन्य १६ जना घाइतेको उपचार हुँदैछ ।

Leave A Reply

Your email address will not be published.