सुचना, समाचार र मनोरन्जन

‘अव्यावहारिक कर’ खारेज गर्न माग गर्दै अर्थमन्त्रीलाई फिल्म प्रदर्शक र निर्माताले बुझाए

काठमाडौं :

फिल्म प्रदर्शक र निर्माता संघको संयुक्त टिमले ‘अव्यावहारिक कर’को बोझले व्यवसायमा टिक्न मुस्किल भएको भन्दै अर्थमन्त्री प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले मंगलबार अर्थ मन्त्रालय पुगेर अर्थमन्त्रीसमक्ष मनोरञ्जन कर र चलचित्र विकास शुल्क खारेज गर्न माग गरेको हुन्।

मन्त्रीलाई ज्ञापनपत्र बुझाउन पुगेका चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले विद्यमान कर प्रणाली अव्यावहारिक भएको र प्रदर्शक तथा निर्मातालाई व्यवसायमा टिक्न मुस्किल भएको भन्दै अर्थमन्त्रीलाई संयुक्त ज्ञापनपत्र बुझाइएको बताए ।

उनका अनुसार अहिलेको कर प्रणालीले कर्पोरेट हाउसलाई पनि फिल्ममा लगानीको लागि आकर्षित गर्न सकेको र नयाँ आउने प्रदर्शक र निर्मातालाई पनि कठिन भएको कुरा मन्त्रीसमक्ष राखिएको छ। मन्त्रीले ज्ञापनपत्र बुझ्दै प्रदर्शक र निर्माताको गुनासोलाई आउँदो बजेटबाट सम्बोधन गर्नेतर्फ पहल गर्ने बताए

Leave A Reply

Your email address will not be published.