सुचना, समाचार र मनोरन्जन

सन्नी देओलको ‘बोर्डर २’ रिलिज हुनुअघि नै विवादमा

मुम्बई :

सन्नी देओलले अभिनय गरेको फिल्म ‘बोर्डर २’ रिलिज हुनुअघि नै विवादमा परेको छ। फिल्मका निर्मातामाथी मुद्धा परेपछि विवादमा आएको हो। यो फिल्मको १९९७ मा रिलिज भएको ‘बोर्डर’ को सिक्वेल हो। तर यसको पहिलो भागकै विवादले यो फिल्म प्रभावित हुने देखिएको भारतिय सञ्चारमाध्यमले जनाएका छन्।

Pach Pandav

यो फिल्मका फाइनान्सर तथा वितरक भरत शाहले ‘बोर्डर २’का निर्माताविरुद्ध सार्वजनिक सूचना जारी गरिसकेका छन्। दोस्रो भागका निर्मातासँग मुद्धा चलेपछि फिल्मको प्रदर्शन अन्योलमा परेको हो। फिल्मको पहिलो भागलाई लिएर अदालतमा मुद्दा चलिरहेको बेला दोस्रो भाग के हुने हो निर्माण पक्ष आफै मौन छन्।

वकिल अजय खतलावालाले लिटिल एण्ड कम्पनीका साझेदार भरत शाह र बीना भरत शाह फिल्म ‘बोर्डर’को वर्ल्ड राइट्सको नियन्त्रक रहेको बताएका छन्। उनका अनुसार फिल्मका निर्देशक तथा निर्माता जेपी दत्तसँग यो फिल्मलाई आर्थिक सहयोग गर्ने सम्झौता भएको थियो। तर दुवै पक्षबिच मतभेदले विवाद चर्किन पुगेको हो। भारतिय सञ्चारमाध्यमका अनुसार यो फिल्मले जति कमाइ गर्छ त्यो आधा बाँड्ने निर्णय भएको थियो। जेपी दत्तले फिल्ममा खर्च भएको रकमको जानकारी पनि भरत शाहलाई सम्झौता गरेका थिए। तर उनीहरुबीचको सम्झौता अनुसार काम नभएपछि विवादले उग्ररुप लिएको छ।

फिल्ममा सन्नी र वरुण बाहेक दिलजीत दोसांझ पनि देखिनेछन्। यो फिल्म छिट्टै सुरु गर्ने तयारीमा निर्माता छन्। आगामी २३ जनवरी २०२६ मा थिएटरहरूमा रिलिज हुने भनिएको यो फिल्ममा गुलशन कुमार, टी–सिरिज र जेपी दत्तले संयुक्त रूपमा निर्माण गरेका हुन्।

Leave A Reply

Your email address will not be published.