सुचना, समाचार र मनोरन्जन

असोजको वर्षाले देशभर कृषि र पशुपछी क्षेत्रमा तीन अर्ब ५५ करोड रुपैयाँ बराबरको क्षति

कृषि तथा पशुपछी विकास मन्त्रालयले गएको असोजमा भएको वर्षाका कारण देशभर कृषि तथा पशुपालन क्षेत्रमा तीन अर्ब ५५ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ । असोज दोस्रो हप्तापछि निरन्तर परेको पानीले कृषि बाली, पशुपछी, पूर्वाधार र बीउबिजनतर्फ भएको क्षतिको विवरण सङ्कलन गरेको र क्षति तीन अर्ब ५५ करोड रुपैयाँ बराबर रहेको मन्त्रालयले जनाएको छ।

सबै प्रदेशमा रहेका कृषि कार्यालयले सम्बन्धित पालिकासँगको समन्वय र सहयोगमा क्षतिको तथ्याङ्क सङ्कलन गरेका हुन् । मन्त्रालयले सङ्कलन गरेको तथ्याङ्कका आधारमा बाढीबाट प्रभावित किसानलाई सहयोग, सुविधा, बीमाको सहजीकरण तथा राहत उपलब्ध गराउन राष्ट्रिय विपद् प्राधिकरणसँग आवश्यक समन्वय गर्ने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।

उहाँका अनुसार मन्त्रालयले क्षतिको थप विश्लेषण गर्न कार्यदल पनि गठन गरेको छ । खेतमा काटेर राखिएको धान सबै पानीले भिजेर कुहिएको तथा वर्षाले धानबालीमा पुर्‍याएको क्षतिका कारण उत्पादनमा समेत कमी आउने अनुमान गरिएको सूचना अधिकारी जोशीले बताउनुभयो ।

उहाँका अनुसार काटेको धान उठाउन नपाउँदा ठूलो क्षति भएकाले सम्बन्धित किसानलाई आवश्यकताअनुसार सहयोग तथा सुविधा उपलब्ध गराइनेछ । किसानले कात्तिकमा परेको पानीका कारण पनि धानबालीमा क्षति भोगेका छन् । यसको पनि विवरण सङ्कलन भइरहेको कृषि तथा पशुपन्छि विकास मन्त्रालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.