सुचना, समाचार र मनोरन्जन

छोटो अवधिमा पाक्ने धानको खोजी

धनुषा,

धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यका साथ धनुषाको हर्दिनाथमा रहेको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमले छोटो अवधिमा पाक्ने तथा उच्च उत्पादन दिने धानका विभिन्न जातको परीक्षण शुरू गरेको छ ।

‘कोपिया परियोजना’ अन्तर्गत धनुषाको बटेश्वरमा किसानसँगको सहकार्यमा यो परीक्षण अघि बढाइएको हो । नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० की वरिष्ठ वैज्ञानिक डा पल्लवी सिंहका अनुसार जलवायु परिवर्तनका कारण खेती प्रणालीमा देखिएका चुनौतीलाई सम्बोधन गर्न छिटो पाक्ने र उत्पादन क्षमता बढी हुने धानका जातको खोजी तथा परीक्षण थालिएको हो ।

परीक्षण सफल भए उत्पादन वृद्धि मात्र नभइ समयमै बाली भित्र्याउन सकिने भएकाले किसानलाई प्रत्यक्ष लाभ पुग्ने उहाँको भनाइ छ । वरिष्ठ वैज्ञानिक डा सिंहका अनुसार किसानको अनुभवलाई अनुसन्धानसँग जोड्न बटेश्वरमा प्रत्यक्ष खेतमै धानका बिरुवा रोपिएको छ ।

परीक्षणमा सहभागी किसानले आफ्नै खेतमा विभिन्न जातका धान रोपेर तिनको वृद्धि, उत्पादन क्षमता तथा रोगप्रतिरोधी अवस्थाको अवलोकन गरिरहेका छन् । किसानका अनुभव, आवश्यकता र प्राथमिकताका आधारमा उपयुक्त जात छनोट गरिने व्यवस्था गरिएको छ ।

Leave A Reply

Your email address will not be published.