सुचना, समाचार र मनोरन्जन

राजेशपायल र मेलिनाको स्वरमा यस्तो बन्यो प्रहरी प्रवक्ताको ‘दसैँ रमाइलो’

काठमाडौं :

नेपालीहरुको ठूलो चाँड दसैँको पूर्व सन्ध्यामा नेपाल प्रहरीका प्रवक्ता डिआइजी दानबहादुर कार्कीको दसैँ गीत सार्वजनिक भएको छ। कार्कीले लेखेको ‘दसैँ रमाइलो’ बोलको गीत सार्वजनिक भएको हो ।

गीतमा राजेशपायल राई र मेलिना राईले स्वर भरेका छन्। दीपक शर्माको संगीत, श्यामस्वेत रसाइलको एरेन्ज रहेको गीतको भिडियोमा अभिनेत्रीद्धय दीपाश्री निरौला, प्रियंका कार्की र सरोज ओली फिचर्ड छन् । दसैँको रौनक देखिने गीतमा तीनैजनाले टीका र जमरा लगाएर छमछमी नाचेका छन् ।

Pach Pandav

करणसिंह चासिरको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडियो कोरियोग्राफी तथा निर्देशन जेरी भण्डारीले गरेका छन्।

‘विशिष्ट सांस्कृतिक महत्व बोकेको नेपालीहरुको महान चाड हो,’ गीतबारे गीतकार कार्कीले भने, ‘यसले समग्र नेपालीमा उत्पन्न गर्ने हौसला र दसै मान्न नपाउनेहरुको समग्र मनस्थिती र अवस्थालाई यो गीतमार्फत झल्काउन खोजिएको छ।’

उनले अझै प्रष्ट पार्दै भने,‘गीत समग्र नेपालीको भावनालाई प्रतिनिधित्व गर्ने गरी र यसको सांस्कृतिक महत्वलाई उजागर गर्नेगरी बनाइएको छ । नाच्ने खालको गीत बनेकाले यसपटकको दसैँमा दर्शक झुमेर नाच्न पनि सक्छन्।’

Leave A Reply

Your email address will not be published.