सुचना, समाचार र मनोरन्जन

जिग्री ब्रोले आफ्नै दाजुलाई ‘लाज शरणम्’मा अभिनय गराउँदै

काठमाडौं :

जिग्री ब्रो’मा नामले परिचित कुमार कट्टेलले आफ्नो दाजुलाई पनि फिल्ममा भित्राउने भएका छन्। ‘सक्किगो नि’ टिभी सिरियलको टिमले निर्माण गर्न लागेको फिल्म ‘लाज शरणम्’मा उनले आफ्नै दाजु सीताराम कट्टेललाई अनुबन्ध गर्न लागेका हुन्।

Pach Pandav

अहिले यो टिमल निर्माण कार्यमा समेत जुटेको छ। जिग्रीकै लेखन तथा निर्देशनमा बन्न लागेको यस फिल्मको छायांकन भदौबाट हुँदैछ। जिग्रीका दाजु तथा मेरी बास्सैका चर्चित कलाकार सीताराम कट्टेल धुर्मुस विदेश टुरमा रहेका छन्। उनी नेपाल आएपछि फिल्ममा अभिनय गर्ने बुझिएको छ। तर निर्माण टिमले यस कुरालाई गोप्य राखेको छ।

यो फिल्ममा सिरियलका लगभग सबैजना कलाकारहरुले अभिनय गर्नेछन्। साथै सिरियल बाहेकका चल्तीका अनुहार यसमा छन्। विजय बराल, रेणु योगी, अर्पण थापा, महेश त्रिपाठी, प्रशान्त ताम्राकार पनि फिल्ममा छन् । अहिले यो टिम यहि फिल्मको वर्कसपमा व्यस्त रहेका छन्। यस अघि धुर्मुसको फिल्म ‘सेन्टी भाइरस’ रिलिज भएको थियो। कोभिड १९ को सुरुवातको चरणमा यो फिल्म प्रदर्शनमा आएको थियो।

Leave A Reply

Your email address will not be published.