सुचना, समाचार र मनोरन्जन

साउन १ गतेदेखि शहरी विकास मन्त्रालयका काम डिजिटलाइजमा

काठमाडौँ,

शहरी विकास मन्त्रालयले साउन १ गतेबाट मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) कार्यान्वयनमा ल्याउने भएको छ ।

Pach Pandav

यो प्रणाली पूर्ण कार्यान्वयनमा आएपछि मन्त्रालयअन्तर्गत हुने सरकारी कामकारबाही पेपरलेस हुने छन् भने अनावश्यक कागजी झन्झट हट्ने सचिव गोपाल सिग्देलले बताए।

सचिव सिग्देलले आंशिक रूपमा अहिले नै जीआईओएमएस कार्यान्वयनमा रहेकोमा साउन १ गतेबाट भने पूर्ण कार्यान्वयनमा ल्याउने जानकारी दिए ।

‘सरकारी कामकारबाही पेपरलेस बनाउने, एकीकृत कार्यालय व्यवस्थापन प्रणाली ९जीआईओएमएस० लागू गर्न लागेका छौँ,’ सचिव सिग्देलले भने,‘ अब अन्तर मन्त्रालय फाइल र चिठी पत्र, मन्त्रालय र विभागहरूबिच फाइल आदानप्रदान गर्दा पेपरलेस हुनेछ । सबै डिजिटलाइज हुनेछ ।’

Leave A Reply

Your email address will not be published.