काठमाडौं :
रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने फिल्मको मुर्हत गरिएको छ। शनिबार बिहान भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको हो ।

फिल्मको शुभ–मुहूर्त समारोहमा निर्देशक गुरुङसहित फिल्मका मुख्य कलाकारहरु दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङलगायत उपस्थित रहेका थिए ।
असोज ५ गतेबाट ओखलढुङ्गास्थित रुम्जाटारमा फिल्मको छायांकन हुने निर्माण पक्षले जानकारी दिएको छ । दोस्रो चरणको छायांकन आगामी मंसिरमा काठमाडौं र ओखलढुङ्गामा नै हुनेछ ।
बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको कथा शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको निराशामा आधारित हुनेछ । आगामी वर्ष २०८१को नयाँ वर्षलाई फिल्मको प्रदर्शन मिति घोषणा समेत गरिएको छ।