सुचना, समाचार र मनोरन्जन

रास्वपाको कार्यवाहकको जिम्मेवारी उपसभापति डोलप्रसाद डीपी अर्याललाई

काठमाडौं/

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहकको जिम्मेवारी उपसभापति डोलप्रसाद (डीपी) अर्यालले पाएका छन् ।

उच्च अदालतको आदेशसँगै पार्टी सभापति लामिछाने शुक्रबार राति पक्राउ परेपछि अर्यालले कार्यवाहक सभापतिको जिम्मेदवारी पाएका हुन् ।

सभापति लामिछानेले अर्याललाई तोकेको कार्यवाहकको जिम्मेवारी शुक्रबार राति बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले अनुमोदन गरेको छ ।

यसअघि लामिछाने हिरासतमा हुँदा पनि अर्यालले नै कार्यवाहकको जिम्मेवारी पाएका थिए । केही दिनअघि मात्रै रवि पार्टीको कार्यकारी नेतृत्वमा फर्किएका थिए ।

Leave A Reply

Your email address will not be published.