Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- यस्तो छ फिफा विश्वकपका विजेताले ‘च्याम्पियनशिप रिङ’
- साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो
- खर्चको लक्ष्य भेट्टाउन सरकारलाई हम्मेहम्मे, १९ खर्ब ६४ अर्बको बजेटमा १५ खर्ब ८२ अर्ब मात्र खर्च
- कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा माथि
- बन्दीपुरको थानीमाई मन्दिर जहाँ, छानो राखिदैन
- हवाइ रुटबारे छलफल गर्न भारत सकारात्मक
- मुगु र बाजुरामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार
- आजदेखि तीन महिने डेंगु सचेतना अभियान सुरु
- गत आर्थिक वर्षमा ८० प्रतिशत बजेट खर्च, राजस्व असुली ८३ प्रतिशत
- सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
चितवन मिल्क उद्योगमा दूध प्रशोधन पुनः सुरु
चितवन,
दूधको अभावमा बन्द रहेको चितवन मिल्क उद्योग डेरी र सहकारीहरुले दूध ल्याएपछि पुनः सञ्चालनमा आएको छ । जेठ अन्तिम साताबाट बन्द रहेको उद्योगमा अहिले दूध आउन थालेपछि सञ्चालन ल्याइएको हो ।
उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार गत असारमा दुई दिन मात्रै सञ्चालनमा आएर बन्द भएको उक्त उद्योग असोज पहिलो सातादेखि क्रमशः सञ्चालनमा आएको हो । अहिले दैनिक एक लाख लिटरसम्म दूध आउन थालेको छ । उनले भने, “सालाखाला ८० हजार लिटर दूध दैनिक आउन थालेको छ ।”
प्रशोधनका लागि डेरी र सहकारीहरुले दूध नल्याएपछि उद्योग आफैँले दूध किनेर सञ्चालन गर्ने तयारीसमेत गरेको थियो । सो समयमा सबैतिर दूधको अभाव भएपछि उद्योग सञ्चालन हुन सकेको थिएन । दसैँ बिदाको समयबाहेक यो महिना लागेपछि नियमितजस्तो उद्योग सञ्चालनमा रहेको प्रबन्धक पराजुलीले जानकारी दिए । किसानबाट सङ्कलित दूध बिक्री नभएपछि डेरी र सहकारीहरुले यहाँ ल्याएर प्रशोधन गर्ने गर्दछन् । उद्योगले धुलो (पाउडर) दूध र नौनी (बटर) उत्पादन गर्ने गर्दछ ।
चितवन, मकवानपुर, नवलपरासी, रुपन्देहीलगायतका जिल्लाबाट दूध आउन थालेको प्रबन्धक पराजुलीले जानकारी दिए । गत वर्ष बिक्री नभएपछि डेरी र सहकारीले यहाँ थन्काएका नौनी, घ्यू र धुलो दूध लगिसकेका छन् । प्रशोधन गरिएका उत्पादन सम्बन्धित संस्थाले नलगेपछि उद्योगका सबै ठाउँ नौनी र पाउडर दूधले भरिएको थियो ।
भरतपुर महानगरपालिका–१ ठिमुरामा उद्योग रहेको छ । विसं २०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको रु ११३ र घ्यू (बटर) को प्रतिकिलो रु ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ । विसं २०६४ मा स्थापना भएको सो उद्योग २०७२ सालमा आएको भूकम्पसँगै बन्द भएको थियो । बन्द हुनुअघि उद्योग आफैँले दूध खरिद गरेर प्रशोधन गरी बजारमा बिक्री गर्दै आएको प्रबन्धक पराजुलीले बताए ।