झापा/
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र उनका अंगरक्षक दिपक खड्का पक्राउ परेको विषयमा नेपाल प्रहरीले बल्ल मुख खोलेको छ।
प्रहरी प्रवक्ता दिपक आचार्यद्वारा जारी विज्ञप्तिमा झापाको सीमावर्ती इलाकाबाट प्रसाईं र खड्कालाई पक्राउ गरिएको जनाइएको छ।
बिहीबार साँझ नै प्रसाईं भारतको आसाममा भारतीय प्रहरीको नियन्त्रणमा परिसकेका थिए।
भारतीय प्रहरीले सीमावर्ती काँकरभिट्टामा नेपाल प्रहरीको जिम्मा लगाइँदासम्म नेपाली प्रहरीले ‘दुर्गा प्रसाईं पक्राउ परेको कुरा हल्ला मात्रै’ बताउँदै आएको थियो।
गत चैत १५ गतेको तीनकुने घटनापछि प्रसाईं फरार रहेका थिए।