काठमाडौं :
केहि अनलाइन मार्फतमा गायक तथा मोडल दुर्गेश थापालाई जापानले भिसा नदिएको समाचार बाहिरिएको थियो। यो समाचार बाहिरिए लगत्तै थापाले आफुलाई जापानले भिसा नदिएको भन्ने विवाद बारे मुख खोलेको छन्। उनले यसको प्रष्टीकरणमा भिसा नपाएको नभएर आफुले अर्को कार्यक्रममा जानुपर्ने भएकाले उताको क्यान्सिल गरेको उल्लेख गरेका छन्।
उनले कुवेतको कार्यक्रम नजिकिएपछि आफूले ३ दिनमै पासपोर्ट फिर्ता लिनुपरेको दावी गरेका छन्।
उनी लेख्छन्, ‘७ जुन २०२५ मा कुवेतमा हुने कार्यक्रमको लागि मैले पहिल्यै सम्झौता गरिसकेको थिएँ । त्यो मेरो प्राथमिकता बनिसकेको थियो । मैले आयोजक पक्षलाई यो जानकारी पनि गराएको थिएँ । त्यसैले जापानको कार्यक्रममा जानु तत्काल सम्भव थिएन ।’
‘यति हुँदाहुँदै पनि आयोजकको अनुरोधलाई सम्मान गर्दै मैले पासपोर्ट दिन तयार भएँ । तर कुवेतको कार्यक्रम नजिकिँदै गर्दा पासपोर्ट बिना विदेश जान नसकिने हुँदा मैले आफ्नो पासपोर्ट ३ दिनमै फिर्ता लिनु पर्यो र सम्झौताअनुसार कुवेत गएँ । त्यहाँ म मेरा दर्शक–भगवानसँग भेटेँ र आफ्नो प्रस्तुति दिएँ’ उनले भनेका छन्।
उनले दर्शकसँग माफी माग्दै अर्को पटक भेट्ने बाचा गरेका छन्।
उनल् लेख्छन्,‘भोलिको दिनमा जापान पक्कै आउने छु, त्यहाँका दर्शक भगवानसँग रमाउने र आफ्नो प्रस्तुति दिने मेरो निकै ठूलो चाहना पनि छ । उचित समय, योजना, राम्रो आयोजना र समझदारीमा आधारित कार्यक्रमको माध्यमबाट हजुर भगवानरूपी दर्शकसँग भेट्न पक्कै आउनेछु।’
जापानको कार्यक्रममा दुर्गेशका अलवा गायक विष्णु खत्री र अनिता चलाउने पनि जाने कुरा थियो। दुर्गेश बाहेक अरु भने जापान प्रस्थान गरेका छन्। दुर्गेश पछिल्लो समयका चर्चित नेपाली गायक हुन्।