सुचना, समाचार र मनोरन्जन

टेलिसिरियल ‘बाचा बन्धन’को थिम गीत ‘कान्छी’ सार्वजनिक

काठमाडौं :

टेलिसिरियल ‘बाचा बन्धन’को थिम गीत ‘कान्छी’ सार्वजनिक गरिएको छ । यही जेठ ३१ गते शनिबार वेलुका ७ वजेदेखि ओएसआर डिजिटल युट्युबमार्फत आउन लागेको यस सिरियलको गीत ‘कान्छी’ सार्वजनिक भएको हो ।

गीतमा आकाश मगरको शब्द संगीत र रामचन्द्र काफ्लेको स्वर रहेको छ। यज्ञजंग विक (आयुष)को कोरियोग्राफी रहेको गीतमा मुख्य कलाकार सरिता ढुंगाना, प्रशान्त बुढाथोकी (करण) हेमराज घर्तीले अभिनय गरेका छन्।

पूर्वी रुकुमको सुन्दर दृश्यहरू कैद गरिएको गीतले सिरियलको प्रतीक्षा झन बढाउने देखिन्छ। यज्ञजंग विक (आयुष)को लेखन निर्देशन रहेको यस सिरियलमा कमल बुढाथोकीको प्रस्तुति, कमल र दीपा बुढाथोकीको निर्माण, शिव विकको छायांकन, उमेश थापा मगरको दृश्य सम्पादन, नेत्र विष्टको निर्माण नियन्त्रण छ। नयाँ पुराना गरेर दुई दर्जन बढी कलाकारको अभिनय बाचा बन्धनमा देख्न पाईने जनाइएको छ।

‘सकम्बरी’ गप्तबाट चर्चित कुशुम, ‘जुठे’ सिरियलबाटबाट चर्चित जुनकिरी अनि पहिलो पटक अभिनयमा प्रवेश गरेका प्रशान्त बुढाथोकीको गीतमा त्रिकोणात्मक प्रेम कथा झल्केको देखिन्छ। फिल्मी शैलीमा निर्माण भएको यो सिरियलको पोष्टर र ट्रेलर यसअघि सार्वजनिक भइसकेका छन्।

Leave A Reply

Your email address will not be published.