सुचना, समाचार र मनोरन्जन

इक्यानको २९औं स्थापना दिवस हेमजास्थित मानव सेवा आश्रममा मनाइयो

पोखरा :

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले संस्थाको २९औं स्थापना दिवस शुक्रबार पोखराको हेमजास्थित मानव सेवा आश्रममा मनाएको छ।

स्थापना दिवसका अवसरमा इक्यान कास्कीले आश्रममा आश्रित वृद्धवृद्धालाई खाना खुवाउने कार्यक्रम आयोजना गरेको हो। इक्यानको स्थापना २०५३ सालको भदौ १३ गते भएको थियो।

कार्यक्रममा इक्यानकी केन्द्रीय उपाध्यक्ष गीता शिवाकोटीले देशभरका इक्यान शाखाले विविध सामाजिक गतिविधिमार्फत दिवस मनाएको जानकारी दिइन्। उनले वृद्धवृद्धाबीच स्थापना दिवस मनाउन पाउँदा सन्तोष व्यक्त गरिन्।

इक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैह्रेका अनुसार संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सेवा मूलक कार्यक्रम गर्दै आएको छ। उनले भदौ २० र २१ गते पोखरामा आयोजना हुने आठौं इक्यान एजुकेसन फेयरको तयारी तीव्र गतिमा भइरहेको बताए।

कार्यक्रममा इक्यान कास्कीका निवर्तमान अध्यक्ष रमेश थापा, उपाध्यक्ष सन्तोष शाही, सदस्य विक्रम बस्नेतलगायतले शुभकामना व्यक्त गरेका थिए। साथै धेरैले कार्यक्रमको समेत प्रशंसा गरेका थिए।

Leave A Reply

Your email address will not be published.