सुचना, समाचार र मनोरन्जन

डेंगु नियन्त्रणमा सचेत बनौँ

सरकारले डेंगु नै त हो भनेर नजरअन्दान गर्न मिल्दैन् । नागरिक समाजको पनि ऐन मौकामा ध्यानाकर्षण जरुरी छ, सर्तकता र जनचेतना नै यसको उपचार हो । डेँगुको डढेलो फैलियो भने जनतालाई सास्ती र सङ्कट मात्रै होइन मुलुकलाई नै नोक्सान हुन्छ । बजार हजार हो, महामारी ढोल बजाएर आउँदैन । डेंगुमा सरकारी ध्यान अविलम्ब पुग्न आवश्यक छ । डेंगु रोकथाम र नियन्त्रणका लागि आवश्यक कदम चाल्न ढिलो भयो भने पछुताउनुको विकल्प हुँदैन् ।

सम्पादकीय/

डेंगु ज्वरोका विरामीले काठमाडौं उपत्यकाका अस्पताल मात्रै होइन मोफसलका अस्पतालमा पनि विरामीको चाप बढको छ । मनसुन रोकिन लाग्दा डेंगुले त्राहीत्राही बनाएको छ, यो अप्रिय खबर हो । रोगव्याधीले भय र सन्त्रास सिर्जना गराएको छ । राजधानी मात्रै होइन मुलुकका अधिकांश जिल्लामा समेत डेँगुको प्रकोप डढेलो सरी फैलिएको छ । हुम्ला जिल्ला वाहेक ७६ जिल्लामा डेँगुको सङ्क्रमण फैलिइसकेको छ । लामखुट्टेको आतङ्क तराईंदेखि पहाड र हिमालसम्म एकसाथ पुगेको छ । डेंगुका बिरामी यत्रतत्र सर्वत्र देखिनु गम्भीर चिन्ताको विषय हो । नेपाली समाजमा मनसुनको अन्त्यसँगै चाडपर्वले पनि ढोल बजाइसकेको छ । डेंगुको महामारी रोकथामका लागि समुदाय र सरकार चनाखो भएर सावधानी अप्नाउन ढिलो गर्नु हुँदैन् ।

रोग लागेर उपचारमा धन खर्च गर्नुभन्दा रोग लाग्न नदिने ध्यान बनाउनुपर्छ । महामारी चरम फैलियो भने न त अर्थतन्त्रले धान्छ न त मुलुकले नै कावुमा राख्न सक्छ । क्षति न्युनीनकरणका लागि सतर्कता र सावधानी नै अचुक ओखती हो । सरकारले डेंगु नै त हो भनेर नजरअन्दान गर्न मिल्दैन् । नागरिक समाजको पनि ऐन मौकामा ध्यानाकर्षण जरुरी छ, सर्तकता र जनचेतना नै यसको उपचार हो । डेँगुको डढेलो फैलियो भने जनतालाई सास्ती र सङ्कट मात्रै होइन मुलुकलाई नै नोक्सान हुन्छ । बजार हजार हो, महामारी ढोल बजाएर आउँदैन । डेंगुमा सरकारी ध्यान अविलम्ब पुग्न आवश्यक छ । डेंगु रोकथाम र नियन्त्रणका लागि आवश्यक कदम चाल्न ढिलो भयो भने पछुताउनुको विकल्प हुँदैन् । डेंगु सरुवा रोग नै हो, यसलाई फैलिन नदिन समयमा नै सावधानी अप्नाउनुपर्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गर्ने विज्ञप्ति फगत कागजी बाघ हुनु हुँदैन् । स्वास्थ्य संस्थाहरूलाई आवश्यक व्यवस्थासहित सतर्क राख्नुपर्छ । महामारी नियन्त्रणको उपायमा लाग्न आम नागरिकको चासो बढ्नुपर्छ । स्थानीय सरकारले जनचेतनाका कार्यक्रम तीव्र पार्नु नै डेंगु रोकथामको काइदा हो ।

कोरोना महामारीले अत्यास लाग्दो परिस्थिति सिर्जना गरेको विर्सन सकिदैन् । कोरोनालाई शासकीय चिन्तनले मनन गर्न सकेन । सामान्य रुघाखोकीको उपमा दियो । बेसार पानी खाउ निको हुन्छ भन्ने अर्ती उपदेश कामयावी भएन । नजरअन्दाज गर्दा धनजनको क्षति भएको यर्थाथलाई नकार्न सकिदैन् । वर्षाकालीन समयमा हैजा र झाडापखलाले ज्यान गुमाउनेहरू सङ्ख्या पनि बढ्यो । यतिबेला डेंगु सङ्क्रमणको ग्राफ उकालो लागिरहेको छ । ठूलो जनसङ्ख्या रहेको काठमाडौं उपत्यकामा डेरा जमाएको डेंगुले मुलुकका अधिकांश जिल्लामा त्रासको घण्टी बजाएको छ । दैनिक सयौंको सङ्ख्यामा सङ्क्रमित भेटिएका छन्, अझ त्यो भन्दा धेरैको पहिचान किट अभावका कारणले भएको छैन् । डेँगु परीक्षणमा गम्भीर चासो देखिएको छैन् । लामखुट्टेको टोकाइबाट मानिसलाई लाग्ने डेँगु सरुवा रोग हो भने वर्षाद्मा बढी देखिने गरेको छ ।

नेपालमा सन् २००४ देखि डेंगुका बिरामी देखा परेका थिए । एडिज एजिप्टी र एडिप्टी एल्बोपिक्टस प्रजातिको लामुखुट्टेको पोथी प्रजातिको टोकाइले डेंगु रोग लाग्ने कुरा चिकित्सकहरूले जानकारी गराएका छन् । डेंगु सङ्क्रमित बिरामीहरू अस्पतालको शैय्यामा खचाखच हुनु जनस्वास्थ्यका दृष्टिले खराब सुचाङक हो । ज्वरो आउनु, शरीर शिथिल हुनु, हाडजोर्नी दुख्नु, आँखामा असहज हुनु, वान्ता हुनु, छालामा दाग देखिनु, खानामा रुची नहुनु यसका प्रारम्भिक लक्षण हुन् । रोकथामका लागि प्रारम्भिक अभ्यासको थालनी गरिहाल्नु पर्छ । डेँगु ज्वरोबाट बँच्ने उपायका लागि लामखुट्टे नियन्त्रण गर्नुपर्छ । यसका लागि झुल राखेर सुत्ने, पानी जम्ने भाँडाहरू गमला, फूलदान, खाली बट्टामा पानी जम्न नदिने गरी छोपेर राख्नु नै बुद्धिमता हो । पानी जम्ने ठाउँ नै डेंगुको स्रोत हो भन्ने पहिचान भएपछि नियन्त्रणका लागि त्यसलाई पुरपार गर्न स्थानीय सरकारले व्यापक तदारुकता देखाउनुपर्छ ।

सरकारले आर्थिक अभावका कारण नै अस्पतालसम्म पहुँच नपुगेका समुदायलाई निःशुल्क परीक्षणको अभियान चलाउनु पर्छ । सङ्क्रमण फैलिएपछि पछुताउनु भन्दा रोकथामका लागि पहल गर्दा नागरिकमा सकारात्मक प्रभाव त पर्छ नै जनस्वास्थ्यका दृष्टिले पनि सरकार सजग छ भन्ने सन्देश जान्छ । जनधनको क्षति न्युनीकरणका लागि सकारात्मक हस्तक्षेप गर्दा दीर्घकालीन लाभ हुन्छ भन्ने कुरालाई विर्सनु हुँदैन । स्थानीय सरकारले लामखुट्टेको बासस्थान एवम् लार्भा नष्ट गर्ने प्रयास गरे पनि प्रभावकारी देखिएको छैन् । व्यापक रूपमा जनचेतनामूलक अभियान र कार्यक्रम थालनी गर्नुपर्छ । व्यक्तिगत र सामुदायिक स्तरबाटै लामखुट्टे नियन्त्रणका लागि तदारुकताको खाँचो छ । एकबाट अर्कोमा सर्ने डेंगुले नेपाली समाजमा आपत्तिको आमन्त्रण नगरोस् भन्नेमा सचेत हुनै पर्छ । महामारीबाट बच्न जनचेतना नै अचुक ओखती हो ।

Leave A Reply

Your email address will not be published.