सुचना, समाचार र मनोरन्जन

सरकारले सञ्चालन गरेको सुपथ पसलमै चिनीको अभाव

काठमाडौँ/

सरकारले चाडपर्वलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमै चिनी नपाएको उपभोक्ताले गुनासो गरेका छन् । चामल, तेल, दाल, गेडागुडी, नुन लगायतका सरसामान सजिलै पाइए पनि चिनी पाउन नसकेको उपभोक्ताको गुनासो छ ।

सरकारले गएको आइतवारदेखि सञ्चालनमा ल्याएको सुपथ पसलमा वितरणका लागि राखेको चिनी दुई दिनमै सकिएपछि अभाव भएको हो । कतिपय सुपथ पसलमा चिनी नै छैन भने भएका ठाउँमा चिनी लिनकै लागि घण्टौँ लाइनमा उभिनुपर्ने बाध्यता छ ।

सुपथ मूल्य पसलमा एक जनालाई बढीमा दुई किलोसम्म चिनी दिने गरिएको छ । अन्त बजारमा किलोको १ सय ३० रुपैयाँदेखि डेढसय रुपैयाँसम्म पर्ने चिनी सुपथ पसलमा ९७ रुपैयाँमा पाइन्छ । तर सरकारले सञ्चालनमा ल्याएका सबै सुपथ पसलमा चिनी नहुँदा उपभोक्ता मारमा परेका छन् । बजारमा पनि चिनीको अभाव छ ।

Leave A Reply

Your email address will not be published.