सुचना, समाचार र मनोरन्जन

स्टार आर्ट नेपालको सहकार्यमा बि बोइङ्ग डान्स स्पोट्स् प्रतियोगिता सम्पन्न

ललितपुर :

ब्याटल फ्युजन क्रुले आफ्नो सातौं वार्षिकोत्सव ललितपुरको नखिपोट अवस्थित किराँत याक्थुङ चुम्लुङ हलमा भव्य कार्यक्रमको आयोजना गरेको छ। हालै कार्यक्रममा ब्याटल फ्युजन क्रुका संस्थापक तथा स्टार आर्ट नेपालका अध्यक्ष आईते तामाङको सभापतित्वमा कार्यक्रम भएको हो।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य राजकाजी महर्जनको प्रमुख आतिथ्य साथै ललितपुर महानगरपालिका आर्थिक बिकास समिति संयोजक तथा ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनाका निर्वाचित अध्यक्ष रबिन्द्र महर्जन , अतिथिमा महाकाँल गाउँपालिका ललितपुरका उप मेयर ललिता गोले ( डोल्मा),रहेका थिए। साथै कार्यक्रममा अखिल नेपाल खेलकुद महासंघ ललितपुरका अध्यक्ष बिमल कुमार अछामी, खेलकुद बिकास समिति ललितपुरका सदस्य कवि मालाकार, सामाजिक अभियान्ता,बुद्धिजीवी, पत्रकारहरुको लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

लेट्स ग्रूभ वोलुम 7 नामक बि बोईङ्ग खेल प्रतियोगितामा 3 on 3, 7 to smoke बि गर्ल, 7 to smoke बि बोय र ओपन स्टाईल क्याटगोरिज राखिएको थियो । जसमा भारत , भुटान लगायतका देश बाट उल्लेख्य खेलाडीहरुको सहभागिता संगै जर्मनी बाट निर्णायकको भुमिकामा बि बोय रुफि र नेपाल बाट ब्याटल फ्युजको प्रतिनिधित्व गर्दै बि गर्ल फेथ अनि बि बोय स्पाईकले गरेका थिए ।
प्रतियोगितामा 3 on 3 को बिजेतामा नेपालबाट एभरेस्ट क्रु,फर्स्ट रनर अप गुड भाईब ट्राईब,7 to smoke बि गर्लमा भारत बाट बि गर्ल अन्जलि,7 to smoke बि बोयमा भुटानबाट बि बोय सोउल र ओपन स्टाईल क्याटगोरिजमा भारतबाट अनिश सिंह बिजेता बनेको । बिजेता खेलाडीहरुले नगद राशी संगै ट्रफी,मेडल,प्रमानपत्र र आकर्षक गिफ्ट ह्याम्फरहरु प्राप्त गरे । उक्त प्रतियोगिताका बारेमा कुराकानी गर्ने क्रममा ब्याटल फ्युजन क्रुका क्याप्टेन तथा यस कार्यक्रमको बि-बोयिङ्ग खेलका संयोजक बि बोय शिखर सुब्बाले वल्ड वाई न्युज डट कमलाई जानकारी गराएका छन ।

यस प्रतियोगिता सप्पन्न गर्नको लागि स्टार आर्ट नेपालको सहकार्यमा विभिन्न संघ संस्था,ख्याति प्राप्त ब्यक्तित्व,हिपहप कम्युनिटीबाट साथ र सपोर्ट साथै वाईसीएल नेपाल ललितपुर जिला कमिटीको प्रमुख भुमिका रहेको छ ।

Leave A Reply

Your email address will not be published.