
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पोखरामा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु
- विरामी हुँदा पनि निरुता र उत्तम‘सारथी’को प्रचारप्रसारमा व्यस्त,हल भिजिटमा निस्कने तयारी
- पोखरामा मंसिर १२ गते वृहत् सरसफाइ अभियान, नागरिक सहभागिताका लागि जागरण कार्यक्रम
- ‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक, विजय र अञ्जनाको प्रेममा को हो तगारो?
- ‘ककाकिकी’को एडभान्स बुकिङ खुल्यो, भोली शुक्रबारबाट फिल्म रिलिज
- ‘एक्का–३’ काे कार्यविनायक मन्दिरमा बिहीबार शुभमुहूर्त
- पूजा शर्मा र अशोक दर्जीको ‘सेतो कोट’ को एक्सन कट
- लेखनाथको नौविसे फाँटमा शनिबार परम्परागत दाइँ महोत्सव हुँदै
- वैवाहिक बन्धनमा बाँधिए रोहित र सिम्रन
- जनकपुर–अयोध्या रेल सेवा शनिबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउँदै
महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै
काठमाडौँ,
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गर्नुभएको थियो । यसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।

किरात समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दको विसं २००५ मा निधन भएको हो । किरात समाज सुधारमा उहाँले पु¥याउनुभएको योगदानको कदर गर्दै उहाँलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
उहाँको योगदानको कदर गर्दै किराँती समुदायको बसोबास रहेको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत किरात समुदायको बसोबास भएका जिल्लामा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ ।
राजधानीमा पनि विभिन्न कार्यक्रम गरी किरात समुदायले महागुरु फाल्गुनन्द जयन्ती मनाउने गरेको किरात ज्योतिष सङ्घका अध्यक्ष चन्द्रकुमार शेर्माले राससलाई जानकारी दिनुभयो ।