फेसन शोको पहिलो सिक्वेन्समा रेजभोल कस्टेटिक्सको प्रस्तुति रह्यो। यो सिक्वेन्समा आकर्षक पहिरनमा सजिएका मोडलहरुले प्रारम्भ र्याम्पको मध्य भाग राखिएको कुर्सीमा बसेर रेजभोलका कस्मेटिक्सद्वारा मेकअपलाई टचअप गर्दै क्याटवाक गर्न थालेका थिए। फेसन शोको दोस्रो सिक्वेन्समा जेबिजी बीस्पोकका डिजाइनरहरु प्रस्तुत गरियो। यो सिक्वेन्समा मोडलहरु दुलहीले लगाउने परम्परागत पहिरनदेखि गरगहनाहरुसमेत प्रदर्शन गरेका थिए ।
तेस्रो सिक्वेन्समा डिजाइनर हेमा श्रेष्ठको हेमाज बुटिकले तयार पारेका पहिरनहरु प्रदर्शन गरियो । यो सिक्वेन्समा डिजाइनर श्रेष्ठले तयार पारेका आकर्षक पहिरनलाई दर्शकले मन पराएको पाइयो। चौथो सिक्वेन्समा इन्ता अटाएरका पहिरनहरु प्रदर्शन गरियो। यो सिक्वेन्सका लागि डिजाइनर इन्ता श्रेष्ठले निकै मेहनत गरेर तयार पारेका विभिन्न शैलीका पहिरनहरु प्रदर्शन गरिएको थियो। त्यसपछिको सिक्वेन्समा लोगो फेसनका पहिरनहरु प्रदर्शन गरिएको थियो ।
फेसन शोको अन्तिम सिक्वेन्समा नमूना कलेज अफ फेसन टेक्नोलोजीका विद्याथीहरुले तयार पारेका आकर्षक पहिरनहरु प्रदर्शन गरियो । यो सिक्वेन्समा डिजाइनरहरुको कल्पनाशीलता स्पष्ट रुपमा पहिरनमा झल्किएको थियो । फेसन शोको अन्तिम सिक्वेन्स भए पनि दर्शकहरुले नमूनाका पहिरनलाई विशेष रुचाएको पाइयो ।
नेपाल फेसन फेस्टिभलको आज आइतवार अन्तिम दिन पनि अहिले साझ ६ बजेदेखि डिजाइनर रनवे आयोजना हुँदैछ। आजको फेसन शोमा मेकअप दरबार, राष्ट्रिय पोशाक घर, सबाह नेपाल, पञ्चमणि ज्वेलर्स ९मेहाका पहिरन०, जुजु÷करुणाका पहिरनहरु प्रदर्शन गरिने रनवे फेसनका निर्देशक तथा संयोजक प्रशान्त ताम्राकारले जानकारी गराएका छन् ।
(तस्विरहरुः राज थापा)