सुचना, समाचार र मनोरन्जन

फेवातालमा फसेका तीन जनाको उद्धार

पोखरा/

हावाहुरीको कारण फेवातालमा फसेका तीन जनाको उद्धार गरिएको छ ।

Pach Pandav

सशस्त्र प्रहरीको टोलीले पोखरा महानगरपालिका–६ स्थित फेवातालमा फसेका तीन जनाको मंगलबार सकुशल उद्धार गरेको हो।

उद्धार गरिएकाहरुमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ बस्ने ४३ वर्षीय राजन उप्रेती, ४५ वर्षीय केशव दाहाल र ४७ वर्षीय विष्णुहरी दाहाल छन् । प्याडल बोटमा बोटिङ गरिरहेको अवस्थामा एक्कासी आएको हावाहुरीका कारण उनीहरू फेवातालमा फसेका थिए ।

सोबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले मोटर बोटको सहायताले उनीहरुको सकुशल उद्वार गरिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

Leave A Reply

Your email address will not be published.