सुचना, समाचार र मनोरन्जन
IVF New Banner

पोखरामा फागुन १७ देखि १९ गतेसम्म चलचित्र पर्यटन महोत्सव आयोजना गरिदै

काठमाडौं :

पर्यटनको राजधानी सहर पोखरामा यही फागुन १७ देखि १९ गतेसम्म चलचित्र पर्यटन महोत्सव आयोजना हुने भएको छ। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यबीच महोत्सवको आयोजना गर्ने सम्झौता भएको छ। बोर्डसँगको छलफलपछि मेयर आचार्यले सम्पुर्ण कलाकार र श्रष्टाहरुलाई पोखरामा स्वागत गर्न पाउँदा पोखराबासी खुशी हुने बताएका छन्।

Safal
IVF Post

उनले भने,‘हामी सम्पूर्ण कलाकार तथा स्रष्टाहरूलाई पोखरामा हार्दिक स्वागत गर्दछौं र यस महोत्सवको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछौं।’

यस महोत्सवमा चलचित्र विकास बोर्डको मुख्य आयोजना रहेको र यस महोत्सवलाई पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम लगायतका संस्थाहरू प्रवद्र्धकको रूपमा रहने मेयर आचार्यले जानकारी दिएका छन्। उनका अनुसार चलचित्र पत्रकार संघ तथा पोखरा पर्यटन परिषद् लगायतका स्थानीय संघसंस्थाहरूले सह–आयोजकको भूमिकामा सहकार्य गर्नेछन्। पहिलो पटक ठूलो रूपमा आयोजना हुन गइरहेको यस महोत्सवले चलचित्र छायांकनका लागि प्राकृतिक स्टुडियोका रूपमा परिचित पोखरा र गण्डकी प्रदेशलाई व्यापक रूपमा प्रवद्र्धन गर्नेछ।

चलचित्र विकासबोर्डको अध्यक्षमा डिसी आएपछि फिल्म छायांकनका लागि तथा फिल्मको प्रचारमा मुख्य भुमिका खेल्दै आएका छन्। कर नतिरेका चलचित्र हलवालाहरुलाई कानुनी दायरामा ल्याउन सफल भएका छन्। कुनै पनि फिल्मको प्रमोसनका लागि उनकै पालामा चलचित्र विकास बोर्डमा रहेको हल निशुल्क उपलब्ध गराउदै आएका छन् भने बनेपामा रहेको फिल्म स्टुडियोको छिट्टै निर्माणको थालनी गरेर स्वदेशी तथा विदेशी फिल्मकर्मीलाई उत्साहत थप्ने काम गरिरहेका छन्।

Leave A Reply

Your email address will not be published.