सुचना, समाचार र मनोरन्जन

फिल्म ‘पीआरः पर्मानेन्ट रेसिडेन्ट’को अफिसियल दुई पोस्टर सार्वजनिक

काठमाडौं :

सलोन सलिना फिल्मसको व्यानरमा निर्माण हुने फिल्म ‘पीआरः पर्मानेन्ट रेसिडेन्ट’को अफिसियल दुई पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले आइतबार फिल्मको पोस्टर सार्वजनिक गरेका हो ।

पोस्टरमा रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्मको निर्देशन शोभित बस्नेतले भर्ने भएका छन्। आगामी फेब्रुअरी ११ बाट छायांकनमा जाने फिल्मको सार्वजनिक पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु छन्। पोस्टरमा आर ए सुरज पौडेल, विनिता कार्की, आस्मा अधिकारी, पुजा चौधरी र राजन कुँवर छन्।

कलाकारहरुलाई खुशीको भावमा प्रस्तुत गरिएको छ। अडिसनमार्फत छनोट भएका यी कलाकारहरु नयाँ हुन्। निर्देशक बस्नेतका अनुसार फिल्मको छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा र २५ प्रतिशत छायांकन नेपालमा हुनेछ। निर्देशक बस्नेतले भने, ‘फिल्मका लागि हामीले चार सयजनाको अडिसन लिएका थियौं । तीमध्येबाट पाँच कलाकार फिल्मका लागि छनोट गर्यौं ।’

फिल्ममा आर ए सुरज पौडेल, राजन कुँवर, पुजा चौधरी,विनिता कार्की,आस्मा अधिकारी, कुशल थापा,विमला खत्री,म्याक्स र नवीन घायलको अभिनय छ। फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुप का लक्ष्मण सापकोटा निर्माता र एसिया प्यासिफिक इ कलेजका गणेश केसी कार्यकारी निर्माता छन्। मानस राजको संगीत, शोभित बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद फिल्ममा छ।

Leave A Reply

Your email address will not be published.