सुचना, समाचार र मनोरन्जन

दीपक,रमेश,प्रकाश,नीति शाहसहितले उद्घाटन गरे सामाखुसीमा फिल्म हल

काठमाडौं :

काठमाडौंको सामाखुसीमा रहेको सिटी स्क्वायर मलमा क्यूएफएक्स चेनको अर्को हल खुलेको छ। बिहिबार साँझ अभिनेता दीपकराज गिरी, किरण केसी, रमेश उप्रेती, जीतु नेपाल, निर्मल शर्मा, गायक प्रकाश सपूत र अभिनेत्री नीति शाहले संयुक्त रुपमा सिनेमा हलको उद्घाटन गरेका हुन।

तीन वटा पर्दा रहेको यो सुविधा सम्पन्न हलमा ४ सय ९७ दर्शकले एक साथ फिल्म हेर्न सक्छन। सिटी स्क्वायर मलको नौँ तल्लामा खुलेको हलको ११ औँ र १२ औँ तल्लामा दर्शकलाई रिफ्रेसमेन्ट गर्नु परेको खण्डमा कसमी बार एण्ड लाउन्ज समेत सञ्चालनमा ल्याईएको छ। उक्त ठाउँमा हरेक पर्दामा सोफा सेट सहित सुतेर समेत फिल्म हेर्ने सिटहरु जडान गरिएको छ।

विशेषत यो हलका सवै थिएटरमा पिक्चर र साउन्ड क्वालिटीलाई उच्च प्राथमिकतामा राख्दै एसियाकै सर्वोत्केष्ट साउन्ड एरोम्याक्स वाई बार्को र दक्षिण एसियाकै सिरिज फोर बार्को लेजर प्रोजेक्सन प्रविधि जडान गरिएको संचालक सुमित मैनालीले दावी गरेका छन।

कार्यक्रममा हल उद्घाटन गर्न पुगेका कलाकर्मीहरुले पनि साउन्ड क्वालिटी र प्रोजेक्सनको खुलेर तारिफ समेत गरेका थिए। करिब १८ करोडको लागतमा निर्माणमा ल्याईएको यो सिनेमा हललाई नेपालकै अग्रडी मल्टीप्लेक्स चेन क्यू एफ एक्स ब्रान्डले व्यवस्थापनको जिम्मेवारी लिदै देशभर आफ्नो हल संख्या १७ वटा पुर्याएको छ।

सामाखुसी लाई सेन्ट्रल बनाएर हेर्दा यो हलमा फिल्म हेर्नका लागि टोखा, गंगबु, बुढानिलकण्ठ तथा नारायणगोपाल चौकका दर्शकलाई पायक पर्ने क्यू एफ एक्सले दावी पनि गरेको छ।

Leave A Reply

Your email address will not be published.