Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- कृत्रिम गन्ध प्रविधिबाट मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको नयाँ प्रयास
- आवासको सुनिश्चित गरेर सुकुमवासी बस्ती खाली गरिएको होः प्रधानमन्त्री
- उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा
- लिपुलेक विवादः यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ
- चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
- स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान
- बैशाख २१ गते सोमबारको राशिफल
- फिल्म ‘परालको आगो’मा समावेश गीत ‘बिरही बतास’रिलिज
- पारिश्रमिक विवाद चर्किँदा तमिल फिल्म उद्योग ठप्प
- दीर्घसाधना सम्मानसहित हिमालयन अवार्डको छैटौं संस्करण घोषणा
त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन
तनहुँ,
तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको अवशेष आइतबार भेटिएपछि उत्खनन गरिएको थियो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले आइतबार दिनभर बसको उत्खनन गरेका थिए । आज पनि उक्त कार्य जारी रहने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहान १०ः४५ बजेको समयमा त्रिशूली नदी किनारमा एउटा बसको अगाडिको केही भाग पुरिएको अवस्थामा फेला परेको थियो ।
उक्त बस विसं २०८१ असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत सिमलताल क्षेत्रमा काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख२४९५ नम्बरको ‘गणपति डिलक्स’ लेखिएको बस हुनसक्ने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय साराङघाटबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा दुई र इलाका प्रहरी कार्यालय आबुँखैरेनीबाट प्रहरी निरीक्षकको नेतृत्वमा १२ जनाको टोली घटनास्थलमा खटिएको छ ।
घटनास्थलमा बस नदी किनारमा पुरिएको अवस्थामा देखिए पनि पूर्ण रूपमा यकिन हुन नसकेको प्रनाउ विकले बताए । हाल पुरिएको बस उत्खनन गर्ने कार्य तथा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।