सुचना, समाचार र मनोरन्जन

मे २५ मा जापानमा इन्टरनेशनल फिल्म फेस्टिभल आयोजना हुने

काठमाडौं,

मे २५ मा इन्टरनेशनल फिल्म फेस्टिभल जापानमा आयोजना हुने भएको छ । जापानमा नेपाली फिल्म वितरण गर्दै आएको युना इन्टरटेन्मेन्टले पहिलो पटक सो फेस्टिभलमा सहभागिता जनाउने लागेको छ ।

आयोजकले उक्त फेस्टिभलको लागि नेपालबाट नोमिनेशनमा परेका लिस्टहरू समेत सार्वजनिक गरेको छ। ‘जिन्सेओ एरिगाटो इन्टरनेशनल फिल्म फेस्टिभल २०२५’ आयोजना गर्न लागेको हो ।

आयोजकले उक्त फेस्टिभलको लागि नेपालबाट नोमिनेसनमा परेको लिस्टहरु समेत सार्वजनिक गरेको छ । फेस्टिभलमा एक्सन विधामा फिल्म ‘पिताम्बर’बाट ३ जना नोमिनेसनमा परेका छन् । यसै फिल्मबाट बेस्ट एक्टरमा सौगात मल्ल, ब्रेक थ्रु पर्फमेन्स अनुपविक्रम शाही र बेस्ट निर्देशक कृषा चौलागाई नोमिनेसनमा परेका छन् । त्यस्तै ड्रामा विधामार्फत फिल्म ‘तेल भिसा’बाट अभिनेता विपिन कार्की छनोट भएका छन् भने अभिनेत्री वर्षा राउत बेस्ट एक्ट्रेसमा नोमिनेसनमा परेकी छन् । ‘रंगी’बाट सलोन बस्नेत बेस्ट एक्टरमा नोमिनेसनमा परेका छन् यसै फिल्ममार्फत ड्रामा विधामा उत्कृष्ट फिल्मको नोमिनेसनमा परेको छ ।

फेस्टिभलमा विभिन्न देशका फिल्महरू समावेश हुनेछन्। आयोजक युवा इन्टरटेन्मेन्टले जापानमा नेपाली फिल्म वितरण गर्दै आएको छ ।

युना इन्टरटेन्टमेन्टका प्रमुख उज्ज्वल गुरागाईले फेस्टिभलको बारेमा जानकारी दिदै भने,‘नेपाली फिल्मको बजारलाई अझ बिस्तार गर्नका लागि यो फेस्टिभलको आयोजना गरिएको हो । यसले नेपाली फिल्मलाई अन्तराष्ट्रियस्तरमा पुर्याउन सघाउन पुर्याउने छ भन्नेमा विश्वास हाम्रो टिमले लिएको छ ।’ उनले थपे,‘नेपाली फिल्मलाई जापानजस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा सम्मानका साथ पु¥याउन पाउनु हाम्रो गौरव हो । यो केवल सुरुवात हो । हामी नेपाली कथालाई विश्वव्यापी बनाउन अझै दृढ अडानका साथ अगाडि बढ्नेछौं। नेपाली फिल्मप्रेमीहरूको साथ, विश्वास र मायाले नै आज हामी यो मुकामसम्म पुगेका हौ ।’

उनको अनुसार यो फेस्टिभल नेपाली फिल्महरूको ऐतिहासिक सफलता हुनेछ। जापानमा नेपाली फिल्मलाई अधिकार लिएर प्रदर्शन तथा प्रचारप्रसारमा युना इन्टरटेन्मेन्ट र उज्ज्वल गुरागाईंको नेतृत्वले गर्दै आएकोछ । यस फेस्टिभलको पुरस्कार वितरण समारोह आगामी मे २५, २०२५, साँझ ५ बजे, जापानको मेनिकन कला र संस्कृति मेमोरियल फाउन्डेसन ( मुख्य थिएटर आओइ), नागोयामा गरिने छ ।

आयोजकले उक्त फेस्टिभलको लागि नेपालबाट नोमिनेसनमा परेको लिस्टहरु समेत सार्वजनिक गरेको छ । फेस्टिभलमा एक्सन विधामा फिल्म ‘पिताम्बर’बाट ३ जना नोमिनेसनमा परेका छन् । यसै फिल्मबाट बेस्ट एक्टरमा सौगात मल्ल, ब्रेक थ्रु पर्फमेन्स अनुपविक्रम शाही र बेस्ट निर्देशक कृषा चौलागाई नोमिनेसनमा परेका छन् । त्यस्तै ड्रामा विधामार्फत फिल्म ‘तेल भिसा’बाट अभिनेता विपिन कार्की छनोट भएका छन् भने अभिनेत्री वर्षा राउत बेस्ट एक्ट्रेसमा नोमिनेसनमा परेकी छन् । ‘रंगी’बाट सलोन बस्नेत बेस्ट एक्टरमा नोमिनेसनमा परेका छन् यसै फिल्ममार्फत ड्रामा विधामा उत्कृष्ट फिल्मको नोमिनेसनमा परेको छ ।

फेस्टिभलमा विभिन्न देशका फिल्महरू समावेश हुनेछन् । आयोजक युवा इन्टरटेन्मेन्टले जापानमा नेपाली फिल्म वितरण गर्दै आएको छ ।

युना इन्टरटेन्टमेन्टका प्रमुख उज्ज्वल गुरागाईले फेस्टिभलको बारेमा जानकारी दिदै भने,‘नेपाली फिल्मको बजारलाई अझ बिस्तार गर्नका लागि यो फेस्टिभलको आयोजना गरिएको हो । यसले नेपाली फिल्मलाई अन्तराष्ट्रियस्तरमा पुर्याउन सघाउन पुर्याउने छ भन्नेमा विश्वास हाम्रो टिमले लिएको छ ।’

उनले थपे,‘नेपाली फिल्मलाई जापानजस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा सम्मानका साथ पु¥याउन पाउनु हाम्रो गौरव हो । यो केवल सुरुवात हो । हामी नेपाली कथालाई विश्वव्यापी बनाउन अझै दृढ अडानका साथ अगाडि बढ्नेछौ ं। नेपाली फिल्मप्रेमीहरूको साथ, विश्वास र मायाले नै आज हामी यो मुकामसम्म पुगेका हौ ।’

उनको अनुसार यो फेस्टिभल नेपाली फिल्महरूको ऐतिहासिक सफलता हुनेछ । जापानमा नेपाली फिल्मलाई अधिकार लिएर प्रदर्शन तथा प्रचारप्रसारमा युना इन्टरटेन्मेन्ट र उज्ज्वल गुरागाईंको नेतृत्वले गर्दै आएकोछ । यस फेस्टिभलको पुरस्कार वितरण समारोह आगामी मे २५, २०२५, साँझ ५ बजे, जापानको मेनिकन कला र संस्कृति मेमोरियल फाउन्डेसन ( मुख्य थिएटर आओइ), नागोयामा गरिने छ ।

Leave A Reply

Your email address will not be published.