सुचना, समाचार र मनोरन्जन

गैँडाकाे आक्रमणबाट एक जनाकाे ज्यान गयाे

नवलपरासी/

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–७ मा आज दिउँसो गैँडाको आक्रमणमा परी एक जनाको ज्यान गएको छ।

Pach Pandav

कृष्णसार सामुदायिक वनमा गाई–गोरु चराउने क्रममा स्थानीय बोटे टोलका ६५ वर्षीय सुकबहादुर बोटेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले जनाएको छ ।

गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका बोटेलाई स्थानीयवासीले उपचारका लागि अस्पताल भर्ना गरेका थिए । उहाँको उपचारका क्रममा ज्यान गएको प्रहरी नायब उपरीक्षक जेशी शाहले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.