सुचना, समाचार र मनोरन्जन

गणेश रसिकलाई अमरभावना राष्ट्रिय स्रष्टा सम्मान, तामाङलाई बौद्धिक सम्पत्ति संरक्षण सम्मान

काठमाडौं :

गीतकार संघ नेपालको १६ औं स्थाापना दिवसको अवसरमा वरिष्ठ गीतकार, गायक संगीतकार गणेश रसिकलाई अमरभावना राष्ट्रिय स्रष्टा सम्मान प्रदान गरिने भएको छ। आगामी यहि जेठ १४ गते बुधबारका दिन उनलाई एक कार्यक्रमकाबीच उक्त सम्मान प्रदान गरिने भएको हो।

गीतकार संघका अध्यक्ष वसन्त बित्यासी थापाले यस बारेमा जानकारी गराएका छन्। उनका अनुसार गीतकार गणेश रसिकलाई नगद रु१,५१,०००।–सहित ताम्रपत्र र दोसल्ला ओढाएर अमर–भावना राष्ट्रिय स्रष्टा सम्मान प्रदान गरिनेछ। नेपाली गीत लेखनमा साधनारत अग्रज सर्जक रसिकका ‘नखेल्नु जुवा’ र तास’,‘घरबेटी नानी आँगनीमा देउ न मलाई बास’,‘रातो भाले क्वायँ क्वायँ’लगायत दर्जनौ गीतहरु रहेका छन्। उनका अधिकांश गीतहरु सदाबहार बनिसकेका छन्।

सोही कार्यक्रममा यस वर्षको डायस्पोरा गीतकार सम्मान गीतकार दिलिप योञ्जन तामाङलाई नगदरु।१५,०००।–सहित प्रमाण पत्र र दोसल्लाओढाएर सम्मान गरिने भएको छभने यस वर्ष विष्णु मन्सरा घले मातृभाषा गीतकार सम्मान–२०८१ बाट मगर भाषाका गीतकार सञ्जोग लाफा मगरलाई नगदरु।२५,२५२।– सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिने संघले जानकारी दिएको छ। त्यस्तै यस वर्ष साहित्य, गीत, संगीत जस्ता बौद्धिक सम्पत्तिको संरक्षण गर्नका लागि प्रतिलिपि अधिकारलाई कार्यान्वयन गराउने काममा उल्लेखनीय योगदान पुर्‍याउएको भन्दै प्रहरी अतिरिक्त महानिरीक्षक टेक तामाङलाई बौद्धिक सम्पत्ति संरक्षण सम्मान प्रदान गरिने भएको छ। उनलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्न लागिएको हो।

त्यसैगरी संघमा आवद्ध सदस्यहरुमध्ये ८० बर्ष भन्दा जेष्ठ गीतकार हरिभक्त बुढाथोकीलाई नगदरु।५,५५१।–सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान,आजीवन सदस्य गीतकार एलेन ठुलेलाई कदर पत्र र दोसल्लाओढाएर सम्मानका साथै प्रत्येक वर्ष प्रदान गर्दै आएको भैरवनाथ रिमाल (कदम) वर्ष गीत पुरस्कारका लागि उत्कृष्ट दशमा परेका गीतहरुको सूचिसमेत प्रकाशित गरेको छ। संघमा आवद्ध सदस्यहरुले २०८१ सालका लागि दर्ता हुन आएका गीतहरु मध्येबाट भैरवनाथ रिमाल (कदम) वर्ष गीत पुरस्कार गीतकार सङ्घ नेपाल २०८१ सालका लागी छानेको उत्कृष्ट १० (दश) गीतहरुमध्येबाट एक गीतले ५७ हजार नगद राशिसहित पुरस्कार प्राप्त गर्नेछ । उत्कृष्ट दशमा परेका गीतहरुमा म त सिधा साधा छु – डा।ओम कृष्ण प्रसाई, कुन दैबको साइतमा जन्मेछु – ध्रुव खनाल, आमा– डम्बर यक्सो, मुटुमा सजाई राखे – मनुहाङ किराँती सोलु, आमा तिमी भगवानको – राम भट्टराई, अरवी सपना – सुरेश थापा, कोपिलाको पुकार – सरला श्रेष्ठ, साकेला सिलिमा नाचौला–अमरदीप सुनुवार, न त तिमी फूल हौँ – सुनिता बस्नेत थापा र तिमीलाई के भनी – सरोज अर्याल रहेका छन् ।

त्यसैगरि संघले निकालेको विज्ञप्तीमा संघमा आवद्ध सदस्यहरुले २०८१ सालका लागि दर्ता हुन आएका गीत पुस्तकहरु मध्येबाट जगत मर्दन थापा वर्ष गीत पुस्तक पुरस्कार गीतकार संघ नेपाल–२०८१ का लागि उत्कृष्ट ३ गीत पुस्तकहरु छनौट भएको उल्लेख गरेको छ। कोलाज गीत – हिमांशु राय, अंशियार – त्रिविक्रम पाण्डे, साईमा स्यामुना – दिलिप राई सगर रहेका छन् । जगत मर्दन थापा बर्ष गीति पुस्तक पुरस्कार गीतकार सङ्घ नेपाल–२०८१ सालका लागी छनौट गरिएका उत्कृष्ट ३ गीति पुस्तकहरु मध्येबाट समितिले सर्बोकृष्ट छनौट गरेको गीति पुस्तकलाई नगद पुरस्कार रु।५७,०००।– सहित पुरस्कृत गर्दै आएको छ।

Leave A Reply

Your email address will not be published.