स्याङजा,
गरिमा विकास बैंक अर्जुन चौपारी शाखाले सामाजिक उत्तरदायित्व अन्तरगत स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं १ मा रहेको नेपालकै पहिलो नवग्रह मन्दिर परिसरमा वर , पिपल र समीका विरुवा रोपेको छ ।
प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलको रुपमा रहेको मन्दिर परिसरमा हरिपरिवर्तनी एकादशीको पावन अवसर पारी धार्मिक तथा वातावरणीय महत्वका विरुवा रोपिएको हो । वृक्षारोपण पश्चात् ३ वटै विरूवाहरूको सुरक्षाको लागि तारबार समेत गरिएको छ। बिरुवा हुर्किएपछि सामाजिक उत्तरदायित्व अन्तर्गत गरिमा विकास बैंकले नै आकर्षक मौलिक चौपारी निर्माण गर्ने बैंकका क्षेत्रिय प्रबनधक लेखनाथ भट्टराईले जानकारी दिए।

नवग्रह मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरत पोख्रेल, सामाजिक व्यक्तित्व एबंम समाजसेवी टुकराज अर्याल तथा ब्यबस्थापन समितिका सचिव एंव समाजसेवी लाल के.सी को समेत उपस्थिति रहेको वृक्षारोपण कार्यक्रममा बोल्दै शाखा प्रमुख रमेस रेग्मीले चौपारीको नाम गरिमा चौपारी रहने बताए । वृक्षारोपणले वातावरणलाई स्वच्छ राख्न, प्राकृतिक सौन्दर्यता तथा धार्मिक आस्थालाई पर्वद्धन गर्ने उद्देश्य रहेको छ ।
उक्त अवसरमा कार्यक्रममा बैंकका कर्मचारी, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी र स्थानीय भक्तजनहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।
