सुचना, समाचार र मनोरन्जन

पाँचतारे होटलमा गरे गौरव पहारीले प्रेमिकासँग इन्गेजमेन्ट

काठमाडौं :

अभिनेता तथा निर्माता गौरव पहारीले प्रेमिकासँग इन्गेजमेन्ट गरेका छन् । बुधबार उनले प्रेमिका श्रेणी खतिवडासँग पाँचतारे होटल ¥याडिसनमा एकसमारोहकाबीच टीकाटालो गरेका हुन्।

Chaka Panja

इन्गेजमेन्ट समारोहमा दुई पक्षका परिवारका सदस्यका साथै गौरव नजिकका सुनील थापा, विल्सन विक्रम राई, उदय सुब्बालगायतका फिल्मकर्मीहरुको उपस्थिती रहेको थियो।

आगामी मंसिरमा उनीहरु विवाह गर्ने बताइएको छ। जनकारहरुका अनुसार उनीहरु विगत ३ वर्षदेखि प्रेम सम्बन्धमा छन् ।कलाकार टीका पहारीका छोरा रहेका गौरवले सन् २०१३ मा फिल्म ‘मञ्जरी’बाट अभिनेताको रुपमा डेब्यू गरेका थिए । त्यसयता ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘मिस्टर भर्जिन’, ‘कुम्भ करण’, ‘साइँली’, ‘छक्का पञ्जा २’ लगायत दुई दर्जन बढी फिल्ममा अभिनय गरिसकेका उनी ‘साइँली’मा निर्माता समेत थिए । उनको यस वर्ष दुई फिल्म ‘नम्बरी सुन’ र ‘दुई कदम’ प्रदर्शनमा आउँदैछन् ।

श्रेणी पेशाले जुम्बा (डान्स मुभमेन्टमार्फत गरिने थेरापी) प्रशिक्षक रहेकी छन्। उनले आफ्नो नाममा खोलेको युट्युब च्यानलमा जुम्बा प्रशिक्षणका धेरै भिडियोहरु पोस्ट गर्दै आएकी छन् ।

Leave A Reply

Your email address will not be published.