सुचना, समाचार र मनोरन्जन

फिल्म ‘गौँथली’को टिजरमा श्रीमान्, श्रीमती र आमाको कथा

काठमाडौं :

आगामी साउन १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘गौँथली’को आधिकारिक टिजर सार्वजनिक भएको छ। निर्माण टिमले बिहिबार फिल्मको टिजर रिलिज गरेको हो।

सार्वजनिक टिजर मुख्य पात्रको पारिवारिक कथा र संघर्ष समेट्दै सार्वजनिक गरिएको टिजरले फिल्मको मुख्य कथावस्तुलाई प्रस्ट्याएको छ।

टिजरमा पढ्ने रहर हुँदाहुँदै कलिलो उमेरमा विवाह गरेकी एक युवतीले घरमा भोग्नु परेको कस्ट,श्रीमानको असामान्य व्यवहार र सासुको कठोरतालाई देखाइएको छ। छोरीको समुन्नत परिवार चाहने आमाको प्रयास र विपरीत परिस्थितिमा जिन्दगी कसरी तहसनहस हुन्छ भन्ने भावुक कथालाई फिल्मले सन्देशसहित प्रस्तुत गरेको छ। फिल्ममा श्रीमानको भूमिकामा अरुण क्षेत्री र श्रीमतीको भूमिकामा सिम्रन खड्का मुख्य अभिनयमा देखिँदैछन्।

Chaka Panja

डा। कपिल रिजालले निर्देशन गरेको यस फिल्ममा अरुण र सिम्रनका साथै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली रहेका छन्।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस फिल्मको कथा डा। भोला रिजालले लेखेका हुन् भने पटकथा तथा संवाद लेखनमा निर्देशक डा। कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्। कार्यकारी निर्माता सरला रिजाल तथा निर्माताका रूपमा सुमन गिरी र डा। कपिल रिजाल रहेका छन्। इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली फिल्मका सह(निर्माता हुन्।

शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत, एलिस कार्कीको पाश्र्व संगीत तथा हरि हुमागाईंको छायांकन रहेको यस फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन्। रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ।डी। कम्पनीले वितरण गर्ने यस फिल्मको डिजिटल पार्टनर ‘ओएसआर डिजिटल’ रहेको छ।

दुई दशकअघि डा। भोला रिजालले नेपालकै पहिलो ‘गीति फिल्म’ ९म्युजिकल फिल्म० का रूपमा ‘गौँथली’ निर्माण गरेका थिए, जसले ५१औँ दिन मनाउन सफल भएको थियो। अहिले सोही नाममा डा। भोला रिजालका छोरा डा। कपिल रिजालले नयाँ कथा र शैलीमा फिल्म निर्देशन गरेका हुन्। फिल्मको नाम ‘गौँथली’ले घर, परिवार र आपसी सामीप्यताको प्रतीकात्मक अर्थ बोकेको निर्माण पक्षले जनाएको छ।

Leave A Reply

Your email address will not be published.