सुचना, समाचार र मनोरन्जन

सुनचाँदीको मूल्य घट्यो

 

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रू एक हजार दुई सय र चाँदी प्रतितोला रू ६५ घटेको हो ।

 

बिहीबार सुन प्रतितोला रू एक लाख ५४ हजार दुई सयमा कारोबार भएकामा आज प्रतितोला रू एक लाख ५३ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

त्यसैगरी चाँदी बिहीबार प्रतितोला रू एक हजार नौ सय २५ मा कारोबार भएकामा आज रू एक हजार आठ सय ६० मा किनबेच हुने महासङ्घले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.